११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना
अ अ+ अ-

म्याग्दी। म्याग्दीको सिमानामा रहेको बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु एक करोड सङ्कलन भएको छ ।

गत माघ २५ देखि यही फागुन १ गतेसम्म विविध कार्यक्रमसहित मनाइएको ५७औँ स्थापना दिवस कार्यक्रममा प्राप्त भएको रु ३७ लाखसहित उक्त रकम सङ्कलन भएको हो । प्राविधिकतर्फ पशुुविज्ञान विषयमा दश जोड दुई तहको पठनपाठन सञ्चालन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा परिचालन गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा हालसम्म रु एक करोड दुई लाख सङ्कलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले बताउनुभयो ।

“दाताहरूले आफ्ना दिवङ्गत अभिभावक र दिवङ्गत भएका पूर्वविद्यार्थीहरूको स्मृतिमा उनीहरूका अभिभावकले अक्षयकोषमा सहयोग गर्नुभएको छ”, उहाँले भन्नुभयो, “विदेशमा रहेका ताराखोलावासीहरू आबद्ध सङ्घसंस्था र व्यवसायीहरूले व्यक्तिगत रूपमा पनि सहयोग गर्नुभएको छ ।”

विद्यालयको आन्तरिक स्रोतको कोषमा रहेको रु ६५ लाखबाट सुरु गरिएको अक्षयकोषमा ५६औँ वार्षिकोत्सवका अवसरमा गत वर्ष रु १५ लाख सहयोग प्राप्त भएको थियो । अक्षयकोषलाई वृद्धि गरेर रु दुई करोड बनाउने र सोको ब्याजबाट विद्यालयले पठनपाठनमा गरेको नमूना अभ्यासलाई निरन्तरता दिन परिचालन गरिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

अक्षयकोषमा गलकोट समाज जापानले रु पाँच लाख, जितबहादुर खत्रीले रु तीन लाख, टीकाराम कँडेलले रु दुई लाख, गैरआवासीय नेपाली सङ्घ जापानले रु एक लाख ५० हजार, यमबहादुर खत्रीले रु एक लाख, भीमबहादुुर पाण्डेको परिवारले रु एक लाख, कर्णबहादुर केसीले रु दुुई लाख ११ हजार १११, हुमाकुुमारी कँडेलले रु दुई लाख, रती घर्तीले रु ६५ हजार, पोकबहादुर घर्तीले रु ५० हजार र चित्रप्रसाद गौचनले रु एक लाख सहयोग गर्नुभएको छ ।

त्यसैगरी, राम चालिसेले रु तीन लाख ५० हजार र प्रकाश थापाले रु तीन लाख ५० हजार, लाखिम गैरेले रु ५० हजार र भक्त चोखालले रु ५० हजार सहयोग गर्नुभएको छ । यसैगरी स्वर्गीय हरिबहादुुर चोखालको स्मृतिमा उहाँका बुबा पोकबहादुर चोखालको रु चार लाख ५५ हजार सहयोगमा विद्यालय भवनमा एक कोठा निर्माण भएको छ ।

चार सय ११ जना विद्यार्थी अध्ययनरत विद्यालयका विद्यार्थीको साधारणतर्फ सरदर सिकाइ उपलब्धि ५५.९५ र प्राविधिक धारतर्फका विद्यार्थीको सिकाइ उपलब्धि ६५.१५ प्रतिशत रहेको प्रअ प्रकाश रोकाले जानकारी दिनुभयो । सङ्घीय सरकारको नमूना विद्यालय कार्यक्रममार्फत ३४ कोठा क्षमताको पाँचवटा भवन निर्माण सकिएको र एक भवन निर्माणाधीन छ । एघारकोठे एक छात्रावास, १३ कोठे शौचालय, कम्युुटर, विज्ञान प्रयोगशाला र पशु विज्ञान प्रयोगशाला स्थापना भएको छ ।

कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने गरिएको छ । कोरियाको संस्थाको सहयोगमा सूचना प्रविधियुुक्त अत्याधुनिक मल्टिमिडिया र प्रविधियुक्त कम्युटर विषयको पठनपाठन हुुने कक्षा कोठा पनि रहेको छ ।

ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले नेपाल माविलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गर्ने, स्कुल बसको सुविधा थप गर्ने र क्याम्पससमेत स्थापना गर्ने योजना रहेको बताउनुभयो ।रासस