१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा भोलि राति ७ बजेसम्मका लागि निषेधाज्ञा जारी



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले ईश्वरपुरमा निषेधाज्ञा जारी गरेको छ ।

प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्यु भएको विषयलाई लिएर तनाव बढेपछि ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना.१ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका५ का व्यापारी रामकुमार महतोलाई ठक्कर दिएको थियो । 

उपचारको क्रममा महतोको मृत्यु भएपछि आक्रोशित स्थानीयले सोमवार प्रहरीको ना. १ झ. ७४८२ नम्बरको गाडी जलाएका थिए ।

प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायतका घटना बढेकाले नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार राति ७ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेको हो ।