११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

प्रदेश सरकारद्वारा आगामी वर्ष कार्यान्वयन गरिने योजना माग

प्रदेश सरकारद्वारा आगामी वर्ष कार्यान्वयन गरिने योजना माग
अ अ+ अ-

सुर्खेत। कर्णाली प्रदेश सरकारबाट आर्थिक वर्ष २०८३/८४ मा प्रदान गरिने समपूरक  अनुदान तथा विशेष अनुदानका लागि प्रस्ताव माग गरिएको छ । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहलाई प्रदेश सरकारले अनुदानका लागि प्रस्ताव माग गरेको हो ।

कर्णाली प्रदेश समपूरक अनुदान कार्यविधिअनुसार स्थानीय तहले आयोजना तथा कार्यक्रमको प्रस्ताव प्रदेश सरकारलाई पठाउन आग्रह गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता चेतनकुमार तिमिल्सेनाले जानकारी दिनुभयो । आगामी चैत १ गतेभित्र प्रदेशका सबै स्थानीय तहले विद्युतीय माध्यमबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्रहसहित समयसीमा निर्धारण गरिएको उहाँले बताउनुभयो ।

प्रस्ताव पेस गर्दा स्थानीय तहले आफ्नो स्रोत वा अन्य स्रोतबाट सञ्चालन भइरहेका, सञ्चालन हुने आयोजना कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव गर्न निर्देशन दिइएको छ ।  स्थानीय तहको कार्यपालिकाले आयोजना वा कार्यक्रमको प्राथमिकीकरण निर्णयसहित समपूरक अनुदानका लागि कर्णाली प्रदेश समपूरक अनुदान (पहिलो संशोधनसहित) कार्यविधि २०८१ को अनुसूची २ अनुसार प्रस्ताव पठाउन आग्रह गरिएको हो ।

यसैगरी,  विशेष अनुदानका लागि प्रदेश विशेष अनुदान पहिलो संशोधनसमेत कार्यविधि २०८१ को अनुसूची २, अनुसूची ३, अनुसूची ४ बमोजिमको ढाँचामा आवश्यक विवरण तथा सर्त पूरा भएको व्यहोराको प्रमाणीकरणसमेत संलग्न गरी पेस गर्न आग्रह गरिएको छ ।

अनुदान पाउनका लागि आगामी आर्थिक वर्षका लागि यसअघि समपूरक अनुदान प्राप्त गरी कार्यान्वयनमा गएका आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ । यसैगरी सम्पन्न हुन बाँकी रहेको क्रमागत आयोजनालाई पहिलो प्राथमिकता राखी कार्यविधिमा व्यवस्था भएबमोजिम आयोजना वा कार्यक्रम पेस गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता तिमिल्सेनाले जानकारी दिनुभयो ।

समपूरक अनुदानका लागि स्थानीय तहलाई विभिन्न मापदण्ड तोकिएको छ ।  कृषि उपजको प्रशोधन, भण्डारण र बजारीकरण तथा कृषि सडक पूर्वाधारको विकासका लागि प्रस्ताव पेस गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

यसैगरी, सिँचाइ तथा नदी नियन्त्रण, तटबन्ध तथा पहिरो नियन्त्रण, सौर्य, वायु, जैविकलगायत वैकल्पिक ऊर्जा उत्पादनसँग सम्बन्धित पूर्वाधार, खानेपानी तथा सरसफाइ र ढल निकाससम्बन्धी पूर्वाधार र स्थानीय भवन (सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य केन्द्र) निर्माण गर्न प्रस्तावमा राख्न आग्रह गरिएको छ ।

सार्वजनिक महत्त्वको पर्यटन पूर्वाधार, स्थानीय तहको केन्द्र र वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाजस्ता सेवा केन्द्र, औद्योगिक ग्राम वा क्षेत्र र बजार जोड्ने स्थानीय सडक, स्थानीय जनताको आयआर्जनमा उल्लेख्य योगदान पुग्ने कृषि उत्पादन, पशुपक्षीपालन तथा सहकारीजन्य पूर्वाधार विकाससम्बन्धी योजना, ग्रामीण क्षेत्रमा एकीकृत बस्ती विकास, वैकल्पिक ऊर्जा तथा सहरी विकाससम्बन्धी योजनाको समेत प्रस्ताव पेस गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रस्तावमा स्थानीय बजार विकास, वातावरण संरक्षण तथा जैविक विविधतासम्बन्धी पूर्वाधार, फोहरमैला व्यवस्थापन र ढल निकाससम्बन्धी योजना, प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा प्रदेश र स्थानीय तहबीच सहकार्य र संयुक्त लगानीमा कार्यान्वयन गर्ने गरी निर्धारण गरिएको आयोजना वा कार्यक्रमका लागि प्रस्ताव माग गरिएको छ ।

यस्तै, विशेष अनुदानका लागि स्थानीय तहले शैक्षिक विकासका लागि सेवाको गुणस्तर अभिवृद्धि, आधारभूत स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, आधारभूत खानेपानी तथा सरसफाइ सुविधाबाट वञ्चित दलित, लोपोन्मुख तथा आर्थिक सामाजिक रूपले पिछडिएको समुदाय लक्षित गरेर सञ्चालित गरिने खानेपानी वा सरसफाइका आयोजनाहरू समेत माग गर्न आग्रह गरिएको छ ।

प्रवक्ता तिमिल्सेनाले आर्थिक सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेको वर्ग, समुदाय, क्षेत्रको उत्थानका तथा विकासका लागि लक्षित गरी सञ्चालन गरिने उत्पादन र उत्पादकत्व वृद्धि एवं आयआर्जन जीविकोपार्जन सुधार गर्नसमेत विशेष अनुदान पाउने व्यवस्था गरिएको बताउनुभयो ।   रासस