११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

आधारभूत तहको ‘प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन’ गर्दै कामपा

आधारभूत तहको ‘प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन’ गर्दै कामपा
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका आधारभूत तहको ‘प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन’का लागि जुटेको छ ।

विद्यार्थीको मूल्याङ्कनका तरिका र प्रश्नपत्र निर्माणलाई स्तरीय तथा समान, समयसापेक्ष एवं वैज्ञानिक बनाउनका लागि कामपाले प्रशिक्षणको आयोजना गरिसकेको छ ।

कामपा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, “शिक्षा भनेको योग्यता मापनको सूचक मात्र होइन । शिक्षाले व्यक्तिलाई विपन्नताबाट सम्पन्नता प्रदान गर्न सक्नुपर्छ ।

यसका लागि कामपाका सामुदायिक विद्यालयमा सङ्घ सरकारको लगानीमा कामपाले कालिकाले रु एक अर्ब ३२ करोड लगानी थप गरेको छ । अभिभावकको आर्थिक, सामाजिक अवस्थाले पनि शैक्षिक गुणस्तर कायम गराउन भूमिका खेलेको हुन्छ । आन्तरिक र बाह्य समन्वयलाई मजबुत बनाउनेछौँ ।”

‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ (दोस्रो संस्करण, २०७९)’ ले विद्यालय शिक्षाको राष्ट्रिय, तहगत, कक्षागत र विषयगत उद्देश्य, विषयगत सक्षमता तथा प्रमुख सिकाइ क्षेत्र व्यवस्थित गरेको जनाउँदै उहाँले यसको विद्यालय तथा कक्षाकोठामा कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताउनुभयो ।

कामपा विद्यालय व्यवस्थापन महाशाखा प्रमुख एवं शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले भन्नुभयो, “शिक्षक सक्षमताको प्रारूप, २०७२ ले निरन्तर सिकाइ र पेसागत विकासलाई शिक्षकको एउटा प्रमुख सक्षमताका रूपमा उल्लेख गरेको छ ।” यसैअनुसार शिक्षकलाई प्रश्नपत्र विकास एवम् मूल्याङ्कनसम्बन्धी तालिम दिइएको उहाँले उल्लेख गर्नुभयो ।

तालिमबाट आधारभूत तहको सिकाइ मूल्याङ्कन गर्ने विधिमा समानता आउने कामपाले विश्वास व्यक्त गरेको छ । स्रोत शिक्षक रश्मी तामाङले भन्नुभयो, “शिक्षकका लागि यो नयाँ अभ्यास हुनेछ ।”

राष्ट्रिय पाठयक्रम प्रारूप, २०७६ आधारभूत तहअन्तर्गत कक्षा ४ र ५ को पाठयक्रम २०७८ मा स्वीकृत भएर कार्यान्वयनमा आएको छ । यो प्रारुप २०७९ मा संशोधन भएको छ । आधारभूत तहअन्तर्गत कक्षा ६, ७ र ८ को पाठ्यक्रम, २०७७ मा स्वीकृत भएर कार्यान्वयनमा आएको कामपाको शिक्षा तथा स्वास्थ्य समितिले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४ देखि ८ सम्म तहगत र कक्षागत विषयगत विशिष्टीकरण तालिका विकास गरिएको छ । विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० जारी गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) (ज) मा आधारभूत शिक्षा तथा माध्यमिक शिक्षाअन्तर्गत स्थानीय तहको काम, कर्तव्य र अधिकारअन्तर्गत शिक्षण सिकाइ, शिक्षक तथा कर्मचारीको तालिम र क्षमता विकाससम्बन्धी काम पर्छन् ।