११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

महाशिवरात्रिः पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

महाशिवरात्रिः पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो
अ अ+ अ-

काठमाडौँ ।  महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक योजना तयार पारी लागू गरेको छ ।

अनावश्यक घुइँचो हुँदाको अवस्थालाई मध्यनजर गर्दै सवारी आवागमन रुट तय गरी पार्किङको स्थान तोकेर प्रहरीले सुरक्षा योजना तयार पारी लागू गरेको हो ।

पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न कार्यालयले सुरक्षा योजना तयार पारी आजदेखि लागू गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताउनुभयो ।

उहाँका अनुसार निश्चित ठाउँमा पार्किङको व्यवस्थासहित रुट पनि तोकिएको छ । उहाँले सिफल चौरमा दर्शानार्थीको सवारी, पासवाहक सवारीसाधन, सुरक्षाकर्मीका सवारीसाधनलाई पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । गुहेश्वरी पारि तीर्थयात्री, दर्शानार्थीका सवारीसाधन, पशुपति विकास कोषको कार्यालय/भण्डारखालमा  पासवाहक सवारीसाधन, तिलगङ्गा आँखा अस्पताल र करिडोरमा तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारीसाधनलाई पार्किङको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने सङ्घसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारीसाधन, प्रहरी वृत्त गौशालामा पासवाहक सवारीसाधन र सरकारी सवारीसाधन राख्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।

विभिन्न नाका भई भित्रिने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अन्य जिल्लाबाट आउने भक्तजनको सुविधाका लागि निर्बाध आवतजावतको व्यवस्था मिलाउनाका साथै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ ।

दर्शनार्थीको घुइँचोका कारण गौशाला क्षेत्र भई चक्रपथ क्षेत्रमा सञ्चालन हुने सवारीसाधन नियमित चलाउन नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यसका लागि करिडोर सडक र भित्री सडकमा बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुवेदीले उल्लेख गर्नुभयो ।

चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भीडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइने पनि सुरक्षा योजनामा उल्लेख छ ।

तीनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारी साधनहरुलाई आवश्यकताअनुसार निषेध गरिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

गौशाला चोकमा भीडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । रासस