११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

कांग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छः महामन्त्री पौडेल

कांग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छः महामन्त्री पौडेल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण भएर आएको कांग्रेस देश रूपान्तरणको स्पष्ट आधारसहित अगाडि बढेको बताउनुभएको छ ।

नेविसङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको पार्टी सदस्य एवम् शुभेच्छुक भेटघाट कार्यक्रममा उहाँले बदलिएको कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै देश बदल्ने बताउनुभएको हो ।

“विशेष महाधिवेशनले कांग्रेस नयाँ बनेको होइन, रूपान्तरित भएर आएको हो । अब रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्नेछ । रूपान्तरणको अर्थ हाम्रा नीति, सिद्धान्त र व्यवहारले पुष्टि गर्ने हो”, महामन्त्री पौडेलले भन्नुभयो,“पार्टीले एक व्यक्ति दुई पटकसम्म प्रधानमन्त्री हुने, सांसद्, मन्त्रीको समयरेखाको कुरा गरेका छौँ । निर्वाचनअघि गठबन्धन नगर्नेलगायत नीति अगाडि सारेका छौँ । त्यसैकारण यसपटक सबैले आफ्नो आस्थाको पार्टी र चुनाव चिन्हमा मतहाल्ने अवस्था बनेको छ । भविष्यमा अरु प्रभाव देखिने नै छन् ।”

उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भ्रष्टाचार अन्त्य र सुशासन मुख्य माग रहेको उल्लेख गर्दै ती मागको सम्बोधन कांग्रेसले पूरा गर्ने जिकिर गर्नुभयो । भ्रष्टाचार अन्त्यका लागि आर्थिक कारोबारलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले कांग्रेसले सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्रमा भ्रष्टाचारको अन्त्य, सुशासन कायम, स्वदेशमा रोजगारी सिर्जना, डिजिटल मुलुक निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

गोरखा क्षेत्र नं २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखाको विकास र मुलुकको समृद्धिका लागि कांग्रेसको जीत आवश्यक रहेको बताउनुभयो । आफूले १५ वर्षदेखि निरन्तर समाजसेवा गर्दै आएको उल्लेख गर्दै उहाँले जनताको सेवा गर्न समाजसेवा र राजनीतिलाई सँगै अगाडि बढाउने बताउनुभयो ।

कांग्रेस गोरखा क्षेत्र नं १ का उम्मेदवार प्रेम खत्रीले राष्ट्रिय समस्याको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका पुराना नेता चिरञ्जीवी वाग्ले, कमला पन्त, अब्दुल सत्तार, किरणबाबु श्रेष्ठ, कांग्रेस गोरखा जिल्ला सभापति एवम् प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेलगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस