२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु



अ+ अ-

बागमती।  मकवानपुरमा छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कान्तिलोकपथ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा आज गरेको ना ५ ख १८६१ नम्बरको ट्रकमा ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सुवास थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते थिङको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित जङ्गदेश्वर महादेव मन्दिर नजिकै बसबाट लडेर गम्भीर घाइते एक वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत माघ १० गते बाप्र ०३–००१ ख १९७२ नम्बरको बसबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएका चितवनको रत्ननगर नगरपालिका–६ का ६२ वर्षीय विष्णुबहादुर घिमिरेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।  रासस