११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

राप्रपाको सङ्कल्प पत्रः ‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’ बनाउने

राप्रपाको सङ्कल्प  पत्रः ‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’ बनाउने
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।

धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको हो ।

‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’ भन्ने दीर्घकालीन सोचसहित राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिका विषय सङ्कल्प गरिएको छ ।

सङ्कल्प पत्रमा पार्टीको दृष्टिकोण, राजनीतिक स्थायित्व, सुशासन र पारदर्शी प्रशासनबारे प्रस्ट पार्दै पुँजी निर्माण, दिगो विकास, शिक्षा, स्वास्थ्यमा निःशुल्क पहुँच, सामाजिक सुरक्षा, युवा केन्द्रित उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार देशलाई विसं २०८७ सम्म मध्यम आयस्तर भएको राष्ट्रका रूपमा विकास गर्ने मार्गचित्र समावेश गरिएको छ ।

पार्टीले पृथ्वीपथलाई अवलम्बन गर्ने सङ्कल्प गर्दै शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरण, प्रविधिको विकास र विस्तार रणनीतिक दिगो पूर्वाधार, दिगो सहर तथा बस्ती विकास, रोजगारमूलक उत्पादन र उत्पादकत्व अभिवृद्धि, प्रभावकारी सेवा प्रवाहका योजना अगाडि सारेको छ ।

राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण, राष्ट्रिय सुरक्षाको मूल नीति बनाइने उल्लेख गरिएको पत्रमा जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, विदेशमा बस्ने नेपालीको सीप तथा पुँजी, निजी क्षेत्रको सहभागितामा देशको समग्र अर्थतन्त्रको जिडिपीमा ८२ प्रतिशत, पुँजी निर्माणमा ७७ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखिएको छ ।

स्थानीय र केन्द्रीय दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्ने प्रतिबद्धता जनाइएको छ । रासस