२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

नतिजामा एकरुपता र भावनात्मक स्थिरता आवश्यक छ: पारस खड्का

नतिजामा एकरुपता र भावनात्मक स्थिरता आवश्यक छ: पारस खड्का
अ अ+ अ-

काठमाडौं । मुलपानी र कीर्तिपुरको झल्को दिने गरी मुम्बईमा उर्लिएका हजारौँ नेपाली समर्थकहरूका बीच नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली टोलीको प्रदर्शन र भावी दिशाबारे विश्लेषण गर्नुभएको छ ।

क्रिकेट संघका सचिव तथा पूर्व कप्तान पारस खड्काले इङ्ल्याण्डविरुद्धको उत्कृष्ट खेल र इटालीसँगको अप्रत्याशित हारपछि नेपाली क्रिकेटको भावनात्मक पक्ष र नतिजामा एकरुपताको विषयलाई विशेष जोड दिनुभएको हो ।

विश्वकपको मञ्चमा इङ्ल्यान्डजस्तो दाबेदार टोलीसँग ४ रनले मात्र हार्दा पाएको वाहवाही र त्यसको केही दिनमै इटालीसँगको हारले नेपाली क्रिकेटमा ठूलो उतारचढाव देखाएको उहाँले बताउनु भयो ।

“नेपाल क्रिकेटको समर्थक हुन सजिलो छैन । म आफैँ पनि पूर्व कप्तान हुँ र अहिले समर्थकका रुपमा हेर्दा म्याच हेर्न खेल्नुभन्दा धेरै गाह्रो हुने रहेछ । हामी भावनात्मक रुपमा धेरै ‘ड्रिभन’ छौँ।’

कन्सिस्टेन्सीः मुख्य चुनौती

खड्काले सन् १९९६ देखि २०२४ सम्मको ३० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्राको स्मरण गर्दै नेपालमा अझै बलियो क्रिकेट संरचना नभएको स्वीकार गर्नुभयो ।

‘हाम्रो कुनै स्ट्रक्चर छैन जहाँबाट खेलाडीहरू उत्पादन होस् । जेनेरेसन अफ खेलाडी र प्रशिक्षकहरूको मेहनतले हामी यहाँसम्म आइपुगेका हौँ ।’ उहाँले भन्नुभयो । 

उहाँले नेपालीहरूको राष्ट्रिय स्वभाव नै भावनात्मक हुने र त्यसैको प्रतिबिम्ब क्रिकेट टोलीमा पनि देखिने टिप्पणी गर्नुभयो ।

इटालीसँगको हारः एक पोस्टमार्टम

इटालीसँगको हारबारे खड्काले इटाली युरोपबाट क्वालिफाइड भएर आएको टिम भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘इटाली युरोपबाट क्वालिफाइड भएर आएको टिम हो । उनीहरूसँग डगी ब्राउन र केभिन ओ‘ब्रायनजस्ता अनुभवी प्रशिक्षकहरू छन् । हामीले पहिलो म्याचको ‘पोजिटिभ ब्यागेज’ धेरै क्यारी ग¥यौं जस्तो लाग्छ । हिजोको २० ओभर ब्याटिङ र साढे १२ ओभरको बलिङ हाम्रो टोलीले खेलेको अहिलेसम्मकै खराब क्रिकेटमध्ये एक थियो ।’

आगामी लक्ष्यः वेस्ट इण्डिज र स्कटल्याण्ड

गणितीय रुपमा अझै पनि नेपालको अर्को चरणमा पुग्ने सम्भावना जीवित रहेको भन्दै खड्काले आगामी दुई खेलमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भयो । वेस्ट इण्डिजसँगको खेल नेपालका लागि पहिलो पटक टेस्ट राष्ट्रलाई हराउने ऐतिहासिक मौका भएको उनले उल्लेख गर्नुभयो । ‘वेस्ट इन्डिज र स्कटल्यान्डसँगको खेल सजिलो छैन, तर हाम्रा केटाहरूले ‘फाइट ब्याक’ गर्नेछन् भन्नेमा हामीलाई विश्वास छ ।’ उहाँले भन्नुभयो । 

खड्काले समर्थकहरूलाई धैर्यता राख्न र टोलीको मनोबल बढाउन आग्रह गर्नुभयो ।  गाली पनि मायाले नै आउने भन्दै उहाँले खेलाडीहरूलाई मेन्टल्ली अझ बलियो बनाउनुपर्ने बताउनु भयो । ओडीआई स्टाटस बचाउन र नेपाली क्रिकेटलाई बलियो बनाउन संघले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल