२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा News Polar साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

मानव–हात्ती द्वन्द्व रोक्न जन्म नियन्त्रण खोप

मानव–हात्ती द्वन्द्व रोक्न जन्म नियन्त्रण खोप
In this photo released by Thailand Department of National Parks, Wildlife and Plant Conservation, wild elephants gather after receiving an elephant contraception vaccine in the Trat province of Thailand, Tuesday, Jan. 27, 2026. (Thailand Department of National Parks, Wildlife and Plant Conservation via AP)
अ+ अ-

बैङ्कक । खेतीयोग्य जमिन विस्तार र वन क्षेत्र सङ्कुचनसँगै बढ्दै गएको मानव–हात्ती द्वन्द्वलाई नियन्त्रण गर्न थाइल्यान्डले जङ्गली हात्तीमा जन्म नियन्त्रण खोप प्रयोग गर्न सुरु गरेको छ । अधिकारीहरूका अनुसार आवासीय क्षेत्र नजिक हात्तीको तीव्र बढ्दो सङ्ख्याले जनधनमा जोखिम बढाएपछि यो कार्यक्रम अघि बढाइएको हो ।

आधिकारिक तथ्याङ्कले गत वर्ष जङ्गली हात्तीको आक्रमणबाट ३० जनाको मृत्यु र २९ जना घाइते भएको देखाएको छ । साथै बाली नोक्सानीका दुई हजारभन्दा बढी घटना दर्ता भएका छन् । वन फँडानी र खेती विस्तारका कारण हात्तीहरू आफ्नो प्राकृतिक बासस्थानबाट बाहिरिन बाध्य हुँदा द्वन्द्व चर्किएको जनाइएको छ ।

वन्यजन्तु संरक्षण विभागका निर्देशक सुखी बुनसाङले आवासीय क्षेत्र आसपास बसोबास गर्ने हात्तीहरूको सङ्ख्या तीव्र रूपमा बढेकाले नियन्त्रण अपरिहार्य बनेको बताउनुभयो । विभागले अमेरिकामा निर्मित २५ खुराक खोप प्राप्त गरेको र दुई वर्षसम्म सात घरपालुवा हात्तीमा परीक्षण गरिएको जानकारी दिनुभएको छ । सात खुराक प्रयोग गरिएको र उक्त परीक्षणले सकारात्मक नतिजा दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार खोपले पोथी हात्तीमा डिम्बस्फोटन रोकेर होइन, निषेचन प्रक्रिया अवरुद्ध गरेर गर्भधारण रोक्छ ।

गत जनवरीको अन्त्यमा पूर्वी ट्राट प्रान्तमा तीन जङ्गली हात्तीलाई खोप दिइएको थियो । बाँकी १५ खुराक प्रयोग गर्ने तयारी भइरहेको र कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने विषयमा अध्ययन भइरहेको उहाँले उल्लेख गर्नुभयो । खोपले सात वर्षसम्म गर्भधारण रोक्ने र त्यसपछि बुस्टर नदिए पुनः प्रजनन सम्भव हुने बताइएको छ । खोप लगाइएका हात्तीहरूलाई सो अवधिभर नजिकबाट निगरानी गरिनेछ ।

तर कार्यक्रमले संरक्षण पक्षबाट आलोचना पनि खेपिरहेको छ । थाइल्यान्डमा हात्ती खेती र यातायातमा प्रयोग गर्ने शताब्दीयौँ पुरानो परम्परा छ र हात्ती राष्ट्रको प्रतीकका रूपमा मानिन्छ । सुखीले भने यो योजना हिंसात्मक द्वन्द्व बढी देखिएका क्षेत्रका जङ्गली हात्तीमा मात्र सीमित रहेको स्पष्ट पार्नुभयो । ती क्षेत्रमा वार्षिक जन्मदर ८।२ प्रतिशत रहेको छ । यो राष्ट्रिय औसत ३।५ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो । करिब चार हजार ४०० जङ्गली हात्तीमध्ये लगभग ८०० यिनै द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गर्ने बताइएको छ ।

“यदि समयमै हस्तक्षेप गरिएन भने स्थानीय बासिन्दामाथि पर्ने असर असहनीय हुन सक्छ”, उहाँले चेतावनी दिनुभयो । खोप अभियानसँगै जङ्गलभित्र थप पानी र खाद्य स्रोत सिर्जना गर्ने, सुरक्षात्मक बार लगाउने तथा आवासीय क्षेत्रमा भट्किएका हात्तीलाई मार्गनिर्देशन गर्न रेन्जर्स परिचालन गर्ने जस्ता उपाय पनि लागू गरिएको छ ।

यसै महिनाको सुरुमा उत्तरपूर्वी खोन केन प्रान्तमा बारम्बार झडपमा संलग्न जङ्गली हात्ती स्थानान्तरण गर्ने क्रममा एक हात्तीको मृत्यु भएपछि सार्वजनिक आलोचना बढेको थियो । प्रारम्भिक शवपरीक्षणले श्वासप्रश्वास रोकिएर मृत्यु भएको देखाएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभागका महानिर्देशक अथापोल चारोएनसुन्साले घटनाप्रति खेद व्यक्त गर्दै निर्धारित प्रोटोकल पालना गरिएको दाबी गर्नुभयो । यस्ता घटना पुनः नदोहोरियोस् भनेर अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो ।