२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेश प्रहरीद्वारा ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद



अ+ अ-

ढाका । बङ्गलादेश प्रहरीले हबिगञ्ज जिल्लाको सातछारी राष्ट्रिय निकुञ्जबाट ठूलो मात्रामा सैन्य-ग्रेड विष्फोटक र गोला बारुद बरामद गरेको छ । ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार प्रहरीको काउन्टर(टेररिज्म एन्ड ट्रान्सनेशनल क्राइम (CTTC) इकाईले  उक्त विष्फोटक पदार्थ बरामद गरेको हो। 

विशेष अभियानको क्रममा लगभग १५ रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीजी), मेसिन गनका ५१० राउण्ड गोलाबारुद र २५ वटा बुस्टरहरू (आरपीजी लन्चरहरूमा प्रोपेलिंग चार्जको रूपमा प्रयोग हुने) फेला परेका थिए। त्रिपुरासँगको सिमानाबाट करिब ३–४ किलोमिटर टाढा रहेको ठाउँमा गोलाबारुद फेला परेको हो ।

ढाकाको जात्राबारी इलाकाबाट प्रहरीले आइतबार राति एक युवकलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। उक्त व्यक्ति खागराछरीको पाँचछरी इलाकाका अबेल त्रिपुरा अमित रहेका छन् ।

उनको बयानका आधारमा हामीले सातछरीमा ड्राइभ सञ्चालन गर्ने निर्णय गरेको इकाईका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहम्मद असदुज्जमानले बताएका छन्। (रासस/एएनआई)