११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

समसामयिक चुनौतीको सामना गर्न इयूद्वारा द्रूत सुधारको प्रतिबद्धता

समसामयिक चुनौतीको सामना गर्न इयूद्वारा द्रूत सुधारको प्रतिबद्धता
अ अ+ अ-

बेल्जियम। इयू नेताहरूले चीन र संयुक्त राज्य अमेरिकाबाट दोहोरो खतराको सामना गर्दै युरोपको अर्थतन्त्रलाई बलियो बनाउन साहसका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो एक चुनौती हो जसले लामो समयदेखि युरोपेली सङ्घलाई घेरेको छ, तर भूराजनीतिक झट्का, तीव्र विश्वव्यापी प्रतिस्पर्धा र ठूला शक्तिहरूभन्दा पछाडि परेको अर्थव्यवस्थाका कारण यसले अझ बढी तात्कालिकता प्राप्त गरेको छ।

युरोपको सङ्कटग्रस्त अर्थतन्त्रलाई सुधार गर्नु आवश्यक छ भन्ने नेताहरूको साझा धारणा छ तर उनीहरू यसको उपचारमा सहमत छैनन्।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्सलर फ्रेडरिक मर्ज बिहीबार संयुक्त मोर्चा प्रस्तुत गर्न इच्छुक भए पनि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर फ्रेडरिक मर्ज युरोपेली सङ्घका कम्पनीहरूको पक्ष लिने र थप संयुक्त ऋणका लागि फ्रान्सको दबाबमा सार्वजनिक रूपमा विभाजित भएका छन्।

म्याक्रोँले भन्नुभयो, “हामी यो आकस्मिकताको भावनासँग सहमत छौँ । हाम्रो युरोपले चीन र अमेरिकाबाट अनुचित प्रतिस्पर्धाबाट ‘धेरै कडा दबाब’ को सामना गर्न परेको छ।”

मर्जले भन्नुभयो, “हामी यो युरोपेली सङ्घलाई छिट्टै सुधार गर्न चाहन्छौँ। हामी यसलाई अझ राम्रो बनाउन चाहन्छौं । मलाई खुशी के कुरामा लागेको छ भने म्याक्रोँ र म यी मामिलाहरूमा लगभग सधैँ सहमत छौँ।”

स्वतन्त्र व्यापारका प्रस्तावक स्विडेन र नेदरल्यान्ड्सलगायतका धेरै राज्यहरू संरक्षणवादमा नजान चेतावनी दिने भएकाले बिहीबारको वार्तामा ‘युरोपेली सामान किनौँ’ नीति कडा बहसको स्रोत हुन सक्छ।

जर्मन चान्सलर मर्जले बुधबार भन्नुभयो, “यस्तो कदमलाई ‘अन्तिम उपाय’ को रूपमा प्रयोग गरिनुपर्छ ।

–निजी लगानीको ढोका खोल्ने –

‘रणनीतिक विचार–मन्थन’ को रूपमा बहसमा आएको बिहीबारको बैठकले तत्काल कुनै निर्णय गर्ने अपेक्षा गरिएको छैन।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनिया कोस्टाले संयुक्त ऋणको कुनै उल्लेख नगरी १६ औँ शताब्दीको ‘एल्डन बिसेन’ दरबारमा निजी लगानीलाई कसरी खुला गर्ने भन्ने विषयमा छलफल हुने बताउनुभएको छ।

आफ्ना अमेरिकी प्रतिद्वन्द्वीहरूको विपरीत, युरोपेली कम्पनीहरूले जर्मनी र फ्रान्ससहित विश्वका केही ठूला अर्थव्यवस्थाहरूको घर भए पनि पूँजीको पहुँच बढाउन चुनौतीहरूको सामना गरिरहेका छन्।

वार्ता सुरु हुनुअघि कोस्टाले भन्नुभयो, “युरोपको आर्थिक वृद्धिलाई बलियो बनाउने हाम्रो स्पष्ट प्राथमिकता छ, जुन हाम्रो समृद्धिका लागि आवश्यक छ ।”

इयूको चिन्ताको सूची लामो छ, जसमा चीन र संयुक्त राज्य अमेरिकाको तुलनामा कमजोर आर्थिक वृद्धि र उद्योगका लागि आवश्यक दुर्लभ खनिजका लागि चीनलगायत समूह बाहिरका देशहरूमा निर्भरता समावेश छ।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले ऊर्जाको मूल्यप्रति चिन्ता व्यक्त गर्नुभएको छ, अधिकांश औद्योगिक अर्थव्यवस्थाहरूको तुलनामा यहाँ उर्जाको मूल्य उच्च छ । युरोपेली व्यवसायहरूले पनि विदेशी प्रतिद्वन्द्वीहरूलाई भेट्न गाह्रो छ।

प्रभावशाली युरोपेली व्यक्तित्वहरूको समर्थनमा रहेका नेताहरू इयूको अर्थतन्त्रलाई रूपान्तरण गर्ने कुञ्जी एकल बजारलाई गहिरो बनाउनु र महाद्वीपमा व्यवसायहरूलाई काम गर्न सजिलो बनाउनु हो भन्ने विश्वास गर्छन् ।

उनीहरूले युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख मारियो ड्रागीको धारणा सुन्नेछन्, उहाँ १८ महिना अघि प्रकाशित एक ऐतिहासिक रिपोर्टका लेखक हुनुहुन्छ । यसले ईयूको प्रयासलाई अझ बढी प्रतिस्पर्धी बनाउन मार्गदर्शन गरेको छ।(रासस/एएफपी)