१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेनिसको सेमिफाइनलमा पराजित भएपछि थापा भन्छन्– स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य कुरा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा लनटेनिसका दिग्गज खेलाडी हुन् । 

राप्रपाको अध्यक्ष प्रतिस्पर्धामा राजेन्द्र लिङ्देनसँग पराजित भएको  पनि लगभग एक महिना भइसकेको छ । तापनि, उनले परिणामलाई सहजरुपमा स्वीकारेका छैनन् ।

पोखरामा जारी १८ औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थापाको यात्रा सेमिफाइनलसम्म हुन पुग्यो । 

५५ वर्ष उमेर समूहको सिंगल्स सेमिफाइनलमा पूर्वराष्ट्रिय च्याम्पियन कृष्ण राई उनीमाथि ‘तघारो’ बने । 

यसअघि एकैदिन दोहोरो जित निकालेका थापा सिंगल्स र डबल्स दुवै इभेन्टमा जित हासिल गरेपछि उनको सेमिफाइनलमा स्थान सुरक्षित भएको थियो । 

सिंगल्सको सेमिफाइनलमा हारेका थापाले यद्यपि, आजै डबल्सको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । 

सेमिफाइनल पराजित भएपछि थापाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वाभाविक हुने बताएका छन् । 

उनी भन्छन्, पोखरामा आज भएको ‘१८औँ माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताूको ५५ बर्ष समुहको सेमिफाइनलमा पुर्व राष्ट्रिय च्याम्पियन कृष्ण घलेसँग हारेँ।कृष्णलाई बधाई।

स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वाभाविक हो।
आजै डबल्सको सेमिफाइनल खेल्न बाँकी छ।

Wish me good luck 🤞