काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा लनटेनिसका दिग्गज खेलाडी हुन् ।
राप्रपाको अध्यक्ष प्रतिस्पर्धामा राजेन्द्र लिङ्देनसँग पराजित भएको पनि लगभग एक महिना भइसकेको छ । तापनि, उनले परिणामलाई सहजरुपमा स्वीकारेका छैनन् ।
पोखरामा जारी १८ औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थापाको यात्रा सेमिफाइनलसम्म हुन पुग्यो ।
५५ वर्ष उमेर समूहको सिंगल्स सेमिफाइनलमा पूर्वराष्ट्रिय च्याम्पियन कृष्ण राई उनीमाथि ‘तघारो’ बने ।
यसअघि एकैदिन दोहोरो जित निकालेका थापा सिंगल्स र डबल्स दुवै इभेन्टमा जित हासिल गरेपछि उनको सेमिफाइनलमा स्थान सुरक्षित भएको थियो ।
सिंगल्सको सेमिफाइनलमा हारेका थापाले यद्यपि, आजै डबल्सको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।
सेमिफाइनल पराजित भएपछि थापाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वाभाविक हुने बताएका छन् ।
उनी भन्छन्, पोखरामा आज भएको ‘१८औँ माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताूको ५५ बर्ष समुहको सेमिफाइनलमा पुर्व राष्ट्रिय च्याम्पियन कृष्ण घलेसँग हारेँ।कृष्णलाई बधाई।
स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वाभाविक हो।
आजै डबल्सको सेमिफाइनल खेल्न बाँकी छ।
Wish me good luck