१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

पुँजीगत खर्च बढाऊ, प्रशासनिक घटाऊ: उच्चस्तरीय समिति

पुँजीगत खर्च बढाऊ, प्रशासनिक घटाऊ: उच्चस्तरीय समिति
अ अ+ अ-

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले विकास निर्माणका लागि गरिने पुँजीगत खर्चको पूर्ण सदुपयोग गर्दै त्यस्तो खर्च बढाउन सरकारसमक्ष सिफारिस गरेको छ । समितिले कार्यालय सञ्चालन र कर्मचारीको सेवा सुविधाका लागि हुने प्रशासनिक खर्चसमेत अत्यधिक बढिरहेकाले त्यस्तो खर्चमा कटौती गर्न सरकारलाई सुझाएको छ । समितिद्वारा तयार प्रतिवेदनमा पुँजीगत खर्च बढाउन नसक्ने र प्रशासनिक खर्च घटाउन नसक्ने हो भने विकास सुस्त हुने र त्यस्तो प्रवृत्तिले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’मा अवरोध पुग्ने उल्लेख छ ।

समितिले प्रशासन सुधार, सुशासन, संघ, प्रदेश र स्थानीय तहका जिम्मेवारीसहितका विभिन्न विषय समेटेर तयार पारेको प्रतिवेदन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै विभिन्न महत्वपूर्ण सुझावसहितको सिफारिस गरेको हो । समितिले सम्बन्धित निकायले स्पष्ट मोडालिटीसहितको क्यालेन्डर बनाएर काम गर्नुपर्ने सुझाव दिएको छ । सरकारले चालू आव २०७५÷७६ को ६ महिनाको अवधिमा पुँजीगत खर्चे १३ प्रतिशत मात्रै गरेको छ । पुँजीगतको तुलनामा प्रशासनिक र खरिदमा भने झन्डै दोब्बर खर्च भएको छ ।

सोमबार मात्रै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २९औं वार्षिक प्रतिवेदनमा सरकारलाई विकासका अवरोध प्हिचान गर्दै विकासका कार्य सञ्चालन गर्न सुशासन र सदाचारमा ध्यान दिन सुझाएको थियो । उच्चस्तरीय समितिको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सरकार जनतालाई विकासको अनुभूति र निश्चित प्रतिफल दिने गरी अगाडि बढिरहेको बताए । उनले प्रतिवेदनमा उठान गरिएका विषयलाई गहन रूपमा अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले रुग्ण उद्योगलाई पुनर्जीवन दिएर रोजगारीको अवसर सिर्जना गरिने र प्रशासनिक सुधारमार्फत विकास र समृद्धि कायम गरिने बताए ।

समितिका अध्यक्ष काशीराज दाहालले नतिजामुखी र परिणाममुखी सार्वजनिक प्रशासनबाट मात्रै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सम्भव हुने भएकाले प्रतिवेदनमा प्रशासन सुधारका विविध आयाम समेटिएको जानकारी दिए । प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहको भूमिका संवैधानिक सीमाभित्र रही कार्य गर्ने गरी संघीय कानुनद्धारा तय गर्नुपर्ने र सोहीअनुसार सार्वजनिक प्रशासन सञ्चालन गर्न सरकारलाई सुझाइएको छ । संविधानमा भनेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित बनाउनुपर्नेमा प्रतिवेदनमा जोड दिइएको छ ।

उच्चस्तरीय समितिका अध्यक्ष दाहालका अनुसार प्रतिवेदनमा अन्तरप्रदेश परिषद्को निर्णयलाई सशक्त रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । यसैगरी, प्रदेश र स्थानीय तहले विदेशी सहायता लिँदा अनिवार्य रूपमा संघको सहमति र स्वीकृतिमा मात्रै लिने व्यवस्थालाई लागू गर्न सुझाव दिइएको छ । प्रतिवेदनमा संघीय इकाइबीच कर्मचारी व्यवस्थापन, साधन स्रोतको प्रभावकारी परिचालन भए–नभएको हेर्ने तथा सेवा प्रवाहको निश्चित मापदण्ड निर्धारण गर्न तथा त्यसको अनुगमन गरी स्थानीय तह र प्रदेशलाई आवश्यक सुझाव दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय संयन्त्र बनाउन सुझाव दिइएको छ ।

प्रतिवेदनमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहका प्रमुख र उपप्रमुखको कार्य जिम्मेवारी उत्तरदायित्व र जवाफदेही स्पष्ट किटान हुने गरी सोहीअनुसार कानुनी व्यवस्था गर्न समेत सुझाइएको छ । प्रतिवेदनमा सरकारलाई सुशासन कायम गराउन सदाचार नीति तत्काल लागू गर्न सुझाइएको छ । जिम्मेवारीअनुसार काम नगर्नेलाई तत्काल कारबाही गर्न प्रतिवेदनमा सुझाइएको छ ।

प्रतिवेदनका सुझावमा पुँजीगत खर्चलगायत कार्य समयमै हुन नसक्दा विकास कार्य प्रभावकारी हुन नसकेकाले प्राविधिक जनशक्तिको यथाशीघ्र आपूर्ति र व्यवस्थापन गर्नुपर्ने, प्रशासनिक पुनर्संरचना गर्दा भद्दा संगठन नबनाई चुस्त बनाउने रहेका छन् । संघीय निजामती सेवा ऐन तथा प्रदेश निजामती र स्थानीय सेवासम्बन्धी ऐन तत्काल तर्जुमा गर्न, प्रदेश लोकसेवा आयोगको कामलाई सुचारु गर्न सुझाइएको छ । यसैगरी मौज्दात बढुवासम्बन्धी व्यवस्थाले कामप्रति इमानदार र कर्तव्यनिष्ट कर्मचारी लामो समयसम्म बढुवाको पर्खाइमा बस्नुपर्ने भएकाले त्यस्तो अवस्था हटाउन पनि सुुझाव दिइएको छ ।

अनुचित कार्य छानबिन गर्न विशेष इकाइ गठन प्रस्ताव: उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले अनुचति कार्यउपरको कारबाही प्रक्रिया रोकिएकामा गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ ।

समितिले हालको संविधानले अख्तियारलाई अनुचित कार्यको छानबिन गर्ने अधिकार नदिएकाले अनुचित कार्यमार्फत भ्रष्टाचार हुने क्रम बढ्न सक्ने भन्दै सतर्क हुन सरकारलाई सुझाएको छ । समितिले अनुचित कार्यबारे छानबिन गर्न राष्ट्रिय सतर्कता केन्द्र वा प्रधानमन्त्रीको मातहत रहने गरी कानुनी व्यवस्थामार्फत साधन स्रोतसहितको विशेष इकाइ गठन गर्न सुझाव दिएको छ । राजधाजी दैनिकबाट