१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

ज्यान मार्ने धम्की दिनेमाथि ६ मुद्दा, तीन दिन म्याद थप

ज्यान मार्ने धम्की दिनेमाथि ६ मुद्दा, तीन दिन म्याद थप
अ अ+ अ-

काठमाडौँ। आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो इमेल आइडीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित १० जनालाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिमाथि आज ६ वटा मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले यसरी धम्की दिने काभ्रेपलान्चोक, तेमाल गाउँपालिका– १ घर भई हाल फिलिपिन्स बस्दै आएका वर्ष ३४ का प्रकाश पाठक रहेका र उनलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उनलाई फिलिपिन्सबाट आजै काठमाडौँ ल्याइ काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको पनि भट्टराईले बताउनुभयो ।

उनीविरुद्ध केही सार्वजनिक अपराध, ठगीसम्बन्धी कसूर, आपाराधिक लाभ लिन नहुने र आपाराधिक षड्यन्त्र गर्न नहुनेलगायतका कसूरमा ६ वटा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।

उनले सन् २०२५ अक्टोबर २२ मा आफूले प्रयोग गर्ने इमेल आइडीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्तलगायत अन्य १० जना उपर ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।

त्यसपछि प्रहरीले खोजीको सूचीमा राखेको थियो । प्रहरीको इन्टरपोलमार्फत फिलिपिन्सको इन्टरपोलसँग समन्वय गरी उनलाई नेपाल झिकाइएको थियो । रासस