९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छः वनमन्त्री चौलागाईं

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छः वनमन्त्री चौलागाईं
अ अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिनुभएको छ ।

नेपाल वातावरण पत्रकार समूह र ‘अर्थ जर्नालिजम नेटवर्क’को संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुवै विषयसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी हाल आफूले सम्हालेको र सोहीअनुसार समन्वय गरिरहेको जानकारी गराउनुभयो । मन्त्री चौलागाईंले मुलुक समृद्धि र जनताको आयआर्जन वृद्धिका लागि प्राकृतिक स्रोतको दिगो उपयोगमा जोड दिँदै यसमा सञ्चार क्षेत्रको समन्वयकारी भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले जनतालाई सुशासनको प्रत्याभूति प्रदान गर्न तीनै तहका सरकार र सरोकारवाला निकाय सबैले जिम्मेवारी निर्वाह गर्नुपर्ने र भएका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री चौलागाईंले भन्नुभयो, “तीनै तहका सरकारबीच संविधानअनुसारको सहकार्य र समन्वयको मर्र्म आत्मसात् नहुँदा सङ्घीयता दिगो हुुन सक्दैन, त्यसैले सबै तहका सरकारले आप्नो जिम्मेवारीअनुसार कर्तव्य निर्वाह गर्नु आवश्यक छ ।”

कार्यक्रममा नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक्यू लोरेन्जोले वातावरण संरक्षण गर्न, विपद्का समयमा जनताका आवाज बुलन्द गर्न र जनताका मुद्दा सरोकारवालासम्म पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । अर्थ जर्नालिजम नेटवर्कका एसिया क्षेत्रीय प्रबन्धक एमी सिमले नेटवर्ककाबारेमा अवगत गराउँदै वातावरण पत्रकारहरुले वातावरण संरक्षणमा कसरी योगदान गरिरहेका छन् भन्नेबारे चर्चा गर्नुभयो ।

अर्थ जर्नालिजम नेटवर्कका दक्षिण एसिया संयोजक रमेश भुसालले समाजिक सञ्जालको तीव्र विकासपछिको वर्तमान अवस्थामा पत्रकारिताका नयाँ आयामबारेमा प्रस्तुति दिँदै सञ्चार क्षेत्रले प्राकृतिक स्रोत व्यवस्थापन तथा हरित आर्थिक वृद्धिमा गर्नसक्ने भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।

उद्घाटनपछि समूहगत छलफलमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष डा जुद्धबहादुर गुरुङ, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, विश्व वन्यजन्तु कोषका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ, निवर्तमान सांसद प्रतिमा गौतम, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासचिव पार्वता गौतमले प्राकृतिक स्रोत व्यवस्थापन तथा हरित आर्थिक वृद्धिका लागि गर्नुपर्ने नीतिगत सुधार र सञ्चार क्षेत्रको भूमिका बारेमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।  रासस