५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

तत्कालीन भूमिसुधारमन्त्री आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा नै आफ्नो नाममा बनाएर बेचेको खुलासा

तत्कालीन भूमिसुधारमन्त्री आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा नै आफ्नो नाममा बनाएर बेचेको खुलासा
अ+ अ-

२०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ । आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् । ०२१ को नापीले मध्यपुर थिमि नगरपालिका–३ सागबारीस्थित २८ रोपनी तीन आना दुई पैसा जग्गा कित्ता नम्बर १०१२ मा हनुमन्ते खोलाको नाममा दर्ता गरेको थियो ।

तर, खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख ०३१ मा आचार्यले खोलाको १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गरे । जिल्ला मालपोत कार्यालय भक्तपुरको जग्गाधनी पुर्जा स्रेस्ताअनुसार खोलाको कित्ता १०१२ लाई ११२० र ११२१ मा टुक्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए । भूमि प्रशासनको निर्णयबमोजिम खोलाको जग्गा आचार्यले आफ्नो नाममा दर्ता गरेको भन्ने मालपोतको लिखतमा उल्लेख छ । जग्गा दर्ता गराउने अधिकृत र सर्वेक्षकको नाम प्रस्ट नबुझ्ने गरी किर्ते गरिएको छ । कित्ता नम्बर ११२१ को जग्गा भने सरकार वा व्यक्ति कसको नाममा गरिएको भन्ने कार्यालयको ढड्डाबाट स्पष्ट खुल्दैन ।

नापी कार्यालय भक्तपुरले कित्ता नम्बर ११२१ को नक्सा भए पनि सो जग्गा खोला वा व्यक्तिको नाममा रहे–नरहेकोबारे स्पष्ट नभएको जनायो । खोलाको जग्गा आफ्नो नाममा ल्याएपछि उनले कित्ताकाट गरेर परिवारका सदस्यको नाममा समेत सारे । चार वर्षपछि कित्ता ११२० को १७ रोपनी १४ आनालाई बराबर दुई टुक्रा लगाएर कित्ता ११३० र ११३१ मा आठ रोपनी १५ आनाका दरले बनाए । उनले ५ असार ०३५ मा कित्ता ११३१ श्रीमती विमला उपाध्याय ९मालपोतको रेकर्डमा बिमली० र कित्ता ११३० शिवबहादुर उप्रेतीको नाममा रजिस्ट्रेसन गराए ।

त्यसपछि पटक–पटक कित्ताकाट गर्दै अहिलेसम्म आइपुग्दा आचार्यले सबै जग्गा बेचिसकेका छन् । उक्त जग्गा धेरैपटक धेरै व्यक्तिका नाममा किनबेच भइसकेको छ । हनुमन्ते खोला धार परिवर्तन गरेर अहिले व्यक्तिका निजी जग्गामा बगिरहेको छ । तर, आचार्यले अतिक्रमण गरेको खोलाको जग्गामा भने घरहरू बनिसकेका छन् । कतिपय ठाउँमा प्लटिङ भएका छन् । कतै कृषि उपार्जनका लागि टनेलहरू बनेका छन् । मालपोत कार्यालय भक्तपुरको ढड्डा पल्टाउँदा सो क्षेत्रमा अहिले आचार्यका कुनै पनि पारिवारिक सदस्यको नाममा जग्गा देखिँदैन ।

आचार्यका माइला छोरा विनोद भने पञ्चायत सरकारले बुबाको नाममा रहेको सबै सम्पत्ति जफत गरेको र पछि आधार, प्रमाण पुर्याएरै फिर्ता ल्याएको दाबी गर्छन् । ‘हनुमन्ते खोलाको जग्गा ०३१ मा बुबाले आफ्नो नाममा ल्याएको सही हो । आधार र प्रमाणविना आफ्नो नाममा दर्ता गरिएको होइन । बुबाले हामीलाई भन्नुभएअनुसार तत्कालीन भूमिसुधार प्रशासन कार्यालयमार्फत प्रमाण पुर्‍याएरै आफ्नो नाममा ल्याइएको हो,’ उनले भने । तर, पञ्चायत होस् या बहुदल या गणतन्त्र जुनसुकै शासन व्यवस्थामा पनि खोलाको जग्गा सधैँ राज्यकै हुन्छ, विनोद आचार्यले भनेजस्तो न व्यक्तिको हुन्छ, न त सरकारले आफ्नै जग्गा जफत गर्ने भन्ने हुन्छ ।

पूर्वमन्त्री आचार्यले हनुमन्ते खोलाको जग्गा आफ्नो बनाएको पुष्टि छोरा विनोदको झुटो दाबीले पनि गर्छ । जग्गा आफ्नो नाममा ल्याएपछि बुबाले त्यही जग्गा बैंकमा राखेर धितो निकालेको, मिल चलाएको र पछि ऋण तिर्न एक खण्ड शिवबहादुर उप्रेतीलाई बेचेको पनि विनोदले स्विकारेका छन् । ०१५ मै सांसदमा निर्वाचित आचार्य ०२१ को नापी हुँदा भारतमा निर्वासित जीवन बिताइरहेका थिए । ०२५ मा नेपाल फर्किएका उनले नापीको १० वर्षपछि खोलाको जग्गा आफ्नो बनाएका थिए ।

त्यसको १७ वर्षपछि ०४८ मा उनी भूमिसुधार तथा व्यवस्थामन्त्री बनेका थिए । खोलाको जग्गा आफ्नो बनाउने आचार्य कांग्रेस वृत्तमा भने भूमिसुधारमा लड्ने क्रान्तिकारी नेता गनिन्थे । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्मा आचार्य क्रान्तिकारी मन्त्री रहेको कांग्रेस नेताहरू बताउँछन् । मोही किसानको पक्षमा आवाज उठाएकै कारण प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र राजपरिवारसँग सम्बन्ध चिसिएपछि आचार्यले मन्त्रीबाट राजीनामा दिनुपरेको ‘जगन्नाथ आचार्य स्मृति प्रतिष्ठान’ले प्रकाशित गरेको पुस्तकमा कांग्रेस नेताहरूले लेखेका छन् ।

रामचन्द्र पौडेल, बलबहादुर केसी, नरहरि आचार्य, अर्जुननरसिंह केसीलगायत नेताहरूले उनी मोही किसानका निष्ठावान र कर्मयोगी नेता भएको उक्त पुस्तकमा लेखेका छन् । आचार्यले १० वैशाख ०५० मा मन्त्रीबाट राजीनामा दिएका थिए । २६ वैशाख ०६१ मा उनको निधन भइसकेको छ ।

यसरी उठ्यो हनुमन्ते करिडोरका सार्वजनिक जग्गाको विषय:भक्तपुर र पूर्वतिरबाट आउने सवारीसाधनको चाप बढ्दै गएपछि काठमाडौं छिर्ने मुख्य नाका जडीबुटी–कोटेश्वरमा अत्यधिक ट्राफिक जाम हुन थाल्यो । घन्टौँसम्म हुने जाम व्यवस्थापन गर्न वैकल्पिक उपायको खोजी भयो । हनुमन्ते खोलाको दुवैतर्फ करिडोर विकास गर्ने निर्णयमा सरकार पुग्यो । नगरकोट उद्गमस्थल रहेको हनुमन्ते भक्तपुर हुँदै काठमाडौं र ललितपुर छोएर बालकुमारी पुलभन्दा केही अगाडि बागमतीमा मिसिन्छ । करिडोरलाई बालकुमारीस्थित चक्रपथमा जोडेपछि जाम व्यवस्थापन सहज हुने सरकारको बुझाइ छ ।

हनुमन्ते करिडोर बनाउने निर्णयसँगै सहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास समितिले यो आयोजना कार्यान्वयनको जिम्मा पायो । आर्थिक वर्ष ०७४/७५ मा हनुमन्ते करिडोर नामकरण गरी जगातीदेखि बालकुमारी पुलसम्म ११ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन तयार गरी तीनवटा निर्माण प्याकेज बनाइयो । त्यसमध्ये राधेराधेदेखि मध्यपुर थिमिको चार दोबाटोसम्मको खण्डलाई पहिलो चरणमा काम गर्ने गरी खरिद प्रक्रिया पूरा गरी खोला संरक्षण थालियो ।

करिडोर निर्माण गर्न खोलाको बहाबका लागि २० मिटर छोड्ने र दुवै किनारामा २०–२० मिटरको करिडोर निर्माण गर्ने गरी ६० मिटरको मापदण्डअनुसार काम गर्नुपर्ने भयो । ०६५ मै सरकारले खोलाको दुवै किनारामा २०–२० मिटर मापदण्ड तोकेको थियो । तर, खोला संरक्षणका लागि पर्खाल लगाउने काम भए पनि दुवै किनारामा बराबर २० मिटरसम्म करिडोर निर्माण गर्न स्थानीयबाट अवरोध भयो । उनीहरूले मुआब्जा नदिएसम्म निर्माण गर्न नदिने भए ।

आयोजनाले भने ०२१ मा दर्ता भएको सार्वजनिक जग्गामा करिडोर निर्माण गर्न पाउनुपर्ने तर्क गर्‍यो । किनभने खोलाले धार परिवर्तन गरी व्यक्तिको निजी जग्गामा बगिरहेको थियो/छ ।त्यसपछि पहिले खोला बगिरहेको ठाउँको सार्वजनिक जग्गा खोजी गर्दा व्यक्तिको नाममा दर्ता भइसकेको खुलासा भएको हो । सार्वजनिक जग्गा व्यक्तिको नाममा लैजानेमा जगन्नाथ आचार्यसमेत रहेको भेटियो ।

०२१ को नापीले सरकारका नाममा दर्ता गरेका जग्गाको केही ठाउँमा घर निर्माण भइसकेका छन् भने अन्य केही ठाउँमा प्लटिङ गरिएको देखिन्छ । स्थानीयले भने ०२१ मा हनुमन्ते बगेको स्थानमै खोला फर्काएर करिडोर निर्माण गर्नुपर्ने बताएका छन् । अहिले बगिरहेको स्थानमा करिडोर निर्माण गर्ने हो भने मुआब्जा दिनुपर्ने उनीहरूको माग छ । नयाँ पत्रिका दैनिकबाट