१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

किन ओरालो लाग्दैछ अर्थतन्त्र ?

किन ओरालो लाग्दैछ अर्थतन्त्र ?
अ अ+ अ-

काठमाडौं । सन् २०२० भर्खरै सुरु भएको छ। २० को दशकमा नेपालले आर्थिक विकासको छलाङ मार्ने लक्ष्य राखेको छ। पहिलो खुड्किलो सन् २०२२ मा अल्पविकसित देशबाट विकासशील राष्ट्रमा रूपान्तरण हुनु पर्नेछ। सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्ने र मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य छ। मध्यम आय भएको मुलुकका लागि न्यूनतम प्रतिव्यक्ति आय कम्तीमा ३ हजार ९ सय ५६ अमेरिकी डलर अर्थात् अहिलेभन्दा तेब्बर बढाउनु पर्नेछ।

आर्थिक विकास र समृद्धिको नारा दिएको सरकारले आउँदो तीन वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। पछिल्लो तीन आर्थिक वर्षमा लगातार उच्च आर्थिक वृद्धिदरको आसपासको आर्थिक वृद्धिदर भेट्टाउन सफल रहेको सरकारले यही आधारमा १० अंक र सो माथिको आर्थिक वृद्धिदरको कल्पना गरेको देखिन्छ।

आर्थिक वृद्धिदरमा भने यसै आर्थिक वर्षमा ‘ब्रेक’ लाग्ने देखिएको छ। राष्ट्रिय योजना आयोगले पहिलो त्रैमासिकको कुल गार्हस्थ उत्पादनको वृद्धिदरका आधारमा गरेको अनुमानले यो वर्ष मात्र ४.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुनेछ। यो आर्थिक वृद्धिदर नेपालले राजनीतिक संक्रमणको समयमा प्राप्त भएको थियो। जुन समयमा सरकारको बजेटसमेत समयमा आउँदैनथ्यो।

कर्जा विस्तारमा ‘ब्रेक’अर्थतन्त्रको विस्तारका लागि लगानी, उत्पादन, रोजगारी र उपभोग बलियो हुनुपर्छ। सरकारी होस् या निजी लगानी दुवै घटेको छ। गत वर्षभन्दा पनि कम। घरायसी क्षेत्रको उपभोग घटाउने नीति सरकारले बताइरहेको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा सरकारले पद्धति निर्माण गर्न खोज्नु आफैंमा राम्रो भए पनि कतिपय नीति प्रत्युत्पादक भएको बताउँछन्। यस वर्ष बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जासमेत घटेको छ। यसले निजी क्षेत्रको विस्तार नभएको देखाउँछ। वाणिज्य बैंकहरूको संगठन, नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा दुई खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो।

यो आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। वाणिज्य बैंकहरूकै कर्जा विस्तार गत आर्थिक वर्षको अर्धवार्षिक अवधिभन्दा अहिले ६० अर्ब रुपैयाँ घटेको छ। यसले निजी क्षेत्र लगानी विस्तारमा उत्साहित नभएको देखाउँछ। सरकारले लागू गरेको कर कार्यालयमा पेस भएको विवरणका आधारमा कर्जा पाउने व्यवस्थाले कर्जाको माग नै घटाएको छ। त्यति मात्र होइन, भर्खरै सरकारले आम्दानीको ५० प्रतिशतभन्दा बढी मासिक किस्ता हुनेगरी व्यक्तिगत घर कर्जा, सवारी कर्जामा समेत कडाइ गरेको छ। ऋण लिन कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरिएको छ।

सुस्त सरकारी खर्च:सरकारको खर्च गत वर्षभन्दा कमजोर देखिएको छ। चालु वर्षको आधा अवधि बितेको छ। यो अवधिमा पुँजीगत खर्च (विकास निर्माण खर्च) कुल विनियोजित ४ खर्ब ८ अर्बमध्ये १३.७२ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। विकास निर्माण हुन नसकेर निर्माण सामग्री उद्योग सुस्त छन्। पूर्वाधारको ठूलो खाडल छ।

निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन र आममानिसले उपभोग गर्ने सार्वजनिक सेवा र वस्तुको आपूर्ति सुलभ र गुणस्तरीय बनाउन धमाधम पूर्वाधार निर्माण गर्नु पर्नेछ। तर, विकास खर्च भने गत वर्षको पहिलो ६ महिनामा सरकारको पुँजीगत खर्च १७ प्रतिशत थियो। तुलनात्मक रूपमा यसपटक विकास निर्माण खर्च पनि कमजोर देखिएको छ।

राजस्व असुलीमा धक्का:चालु वर्षको सुरुदेखि नै आयातमा कमी तथा मदिरा उद्योगप्रति सरकारले लिएको नीतिका कारण राजस्व असुलीमा धक्का लागेको छ। पहिलो ६ महिनामा सरकारले ५ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकामा पहिलो ६ महिनामा राजस्व लक्ष्य र असुलीको खाडल १ खर्ब (एक सय अर्ब) रुपैयाँ नाघेको छ।

मदिरा उद्योगमा सरकारले प्रतिक्विन्टल अन्नबाट उत्पादन हुने इक्स्ट्रा न्यूट्रल अल्कोहल (इएनए) को परिमाण बढाइदिएपछि कतिपय मदिरा उद्योग उत्पादन बन्द गरेर बसे। जसकारण अन्तःशुल्क असुलीमा धक्का लाग्यो। सरकारले कात्तिकबाट यो निर्णय आंशिक सच्याए पनि मदिरा व्यवसायी उत्साहित छैनन्।

विप्रेषण आप्रवाहमा कमी:नेपालको बाह्य क्षेत्र स्थायित्वको प्रमुख स्रोत विप्रेषण (रेमिट्यान्स) आप्रवाह नकारात्मक देखिएको छ। चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा जानेको संख्या ५.६ प्रतिशतले बढोत्तरी भएको छ। तर, रेमिट्यान्स भने अघिल्लो वर्षको पहिलो चौमासिकको तुलनामा २.३ प्रतिशतले घटेको छ। गत वर्ष पहिलो चौमासिकमा ३ खर्ब १२ अर्ब रेमिट्यान्स आएको थियो। जबकि यो वर्ष सोही अवधिमा ३ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

रेमिट्यान्स घटेपछि मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष असर पर्छ। व्यापार घाटाको ठूलो खाडल हुँदाहुँदै पनि रेमिट्यान्सले आयात धान्न सघाएको छ। सरकारले विदेश जानेलाई विदेशी मुद्रा सटहीमा कडाइ गरेपछि हुण्डी बढेको र रेमिट्यान्स घटेको आकलन गरिएको छ। प्रायः चाडपर्वका बेला विदेशबाट परिवारलाई खर्च पठाउने चलनले यो अवधिमा रेमिट्यान्स बढ्ने गथ्र्यो तर यस वर्ष उल्टो क्रम देखियो।

उपभोगमा कमी:नेपाल राष्ट्र बैंकले सवारी र घरजग्गा कर्जामा कडाइ गरेपछि सवारीसाधन र रियलस्टेट कारोबारमा कमी आएको छ। विगत वर्षहरूमा पुनर्निर्माणको कामले निर्माण सामग्रीको बजार बढेको र सरकारको अनुदानसँगै आवास पुनर्निर्माणले व्यक्तिगत खर्चलाई समेत उत्प्रेरित गर्दा बजारमा नगद प्रवाह बढेको थियो। यस वर्ष भारतमा मूल्यवृद्धि भएसँगै नेपालमा पनि त्यसको असर देखिएको छ।

भदौ र असोजमा मुख्य चाडपर्वका बेला उपभोक्ता मूल्य वृद्धि ६ प्रतिशतभन्दा माथि रह्यो। कात्तिकमा पनि ५.७६ प्रतिशत थियो। मूल्यवृद्धिले सामान्य उपभोग घटाएको छ। त्यसमाथि व्यक्तिगत कर्जामा अंकुश लगाउने सरकारको नीतिले घरायसी क्षेत्रबाट हुने खर्चमा समेत कमी आएको छ। सरकार, निजी क्षेत्र र घरायसी क्षेत्रबाट हुने लगानी र खर्च शिथिल हुँदा अर्थतन्त्र ओरालो लागेको हो। अन्नपुर्णपोष्ट दैनिकबाट