५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

सुरक्षा कार्यविधि मिच्दै नेता, सुरक्षाकर्मीको चरम दुरुपयोग

सुरक्षा कार्यविधि मिच्दै नेता, सुरक्षाकर्मीको चरम दुरुपयोग
अ+ अ-

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरूले कानुनमाथि धावा बोल्दै ठूलो संख्यामा सुुरक्षाकर्मी आफ्नो निवासमा तैनाथ गराउँदै आएका छन् । सरकारी कार्यविधिले तोकेभन्दा १० गुणासम्म सुरक्षाकर्मी राखेर उनीहरूले कानुनको धज्जी उडाउँदै आएका हुन् । यसरी कानुन मिचेर सुरक्षाकर्मी राख्ने पूर्वउपप्रधान तथा गृहमन्त्रीहरूमा कमल थापा, भीम रावल, विजय कुमार गच्छदार, रामचन्द्र पौडेल, प्रकाशमान सिह, वामदेव गौतम, कृष्णप्रसाद सिटौला, जनार्दन शर्मा, पूर्णबहादुर खड्का, गोविन्दराज जोशी, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठलगायत छन् ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई उपलब्ध गराएको सूचीअनुसार कार्यविधिमा बढीमा तीन जना सुरक्षाकर्मी पाउने प्रावधान भए पनि अधिकांशले १० देखि २० जना सुरक्षाकर्मी राख्दै आएका हुन् । केहीले सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । कार्यविधिमा पूर्वउपप्रधान तथा गृहमन्त्रीलाई पदबाट बाहिरिएको तीन वर्षसम्म सुरक्षाका लागि २ देखि ३ जना सम्म सुरक्षाकर्मी उपलब्ध गराउन सक्ने प्रावधान छ ।

तर, अधिकांशले पदबाट बाहिरिएको तीन वर्षपछि पनि ठूलै संख्यामा सुरक्षाकर्मी राखेर गैरकानुनी कार्य गर्दै आएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । मुलुकका विभिन्न सुुरक्षा निकायमा सुरक्षाकर्मीको अभाव खट्किरहे पनि पूर्वउपप्रधान तथा गृहमन्त्रीहरूले आफ्नो निवासमा दर्जनौं सुरक्षाकर्मी राख्दा सयौंको संख्याका सुरक्षाकर्मी अनुत्पादक काममा खटिन बाध्य छन् ।पूर्वउपप्रधान तथा गृहमन्त्रीहरूले सरकारी कोषबाट तलब लिने सयौं सुरक्षाकर्मीलाई व्यक्तिगत र आवासीय सुरक्षामा खटाउनुलाई गैरजिम्मेवारीपूर्ण ठानिएको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमार्फत कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गर्न पटक–पटक ताकेता गर्दै आएको छ । तर, गृह र प्रहरीको ताकेतालाई पूर्वउपप्रधान तथा गृहमन्त्रीले वेवास्ता गर्दै आएका छन् । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उच्च पदस्थलाई कार्यविधिअनुसार मात्रै सुरक्षाकर्मी राख्न अनुरोध गरिँदै आइए पनि सुनुवाइ नभएको बताए । ‘उहाँहरू आफैँले बुझेर फिर्ता गर्नुपर्ने हो । हामी उहाँहरूले फिर्ता गर्नुहुनेछ भन्ने आशामा छौं,’ गृह प्रवक्ता शर्माले भने ।

  • कमल थापा– १५ जना
  • विजयकुमार गच्छदार– १२ जना
  • भीम रावल– १८ जना
  • रामचन्द्र पौडेल– ११ जना
  • प्रकाशमान सिंह– १७ जना
  • विमलेन्द्र निधि– १२ जना
  • वामदेव गौतम–१६ जना
  • कृष्णप्रसाद सिटौला– १४ जना
  • जनार्दन शर्मा– १५ जना
  • गोविन्दराज जोशी– ६ जना

गृह मन्त्रालयका अनुसार पूर्वउपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छदारले कार्यविधिअनुसार दुई जना मात्रै सुरक्षाकर्मी पाउने भए पनि १२ जना सुरक्षाकर्मी राखेका छन् । यसैगरी पूर्वगृहमन्त्री कमल थापाले दुई जना पाउने भए पनि १५ जना सुरक्षाकर्मी लिएका छन् । यसैगरी पूर्वउपप्रधान, गृह तथा रक्षामन्त्री भीम रावलले कार्यविधि अनुसार तीन जना सुरक्षाकर्मी पाउनेमा१८ जना राखेका छन् । कार्यविधिअनुसार उनले सुरक्षाकर्मी पाउने अवधि सकिए पनि म्यादथप गराएका छैनन् ।

यसैगरी पूर्वगृहमन्त्री रामचन्द्र पौडेलले तीन जना पाउनेमा ११ जना सुरक्षाकर्मी राखेका छन् । पूर्वमन्त्री प्रकाशमान सिंहले कार्यविधिविपरीत १७ जना सुरक्षाकर्मी राखेका छन् । तर, सिंहले सुरक्षाकर्मी पाउने अवधि सकिएको गृह स्रोत बताउँछ । पूर्वगृहमन्त्री विमलेन्द्र निधिले दुई जना पाउने भए पनि १२ जना सुरक्षाकर्मी राखेका छन् ।

यस्तै, पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले १४ जना सुरक्षाकर्मी राखेका छन् । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले १६ र जनार्दन शर्माले १५ जना सुरक्षाकर्मी राखेका छन् । कार्यविधिअनुसार उनीहरूले तीन जना मात्रै सुरक्षाकर्मी राख्न पाउँछन् । राजधानी दैनिकबाट