१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

दलित समुदायलाई सबै तहको शिक्षा नि:शुल्क

दलित समुदायलाई सबै तहको शिक्षा नि:शुल्क
अ अ+ अ-

काठमाडौं । राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने भएको छ। विद्यमान कानुन संशोधन गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा यो व्यवस्था गर्न लागिएको हो। विधेयक राष्ट्रियसभाको विधायन समितिले पास गरिसकेको छ। विधेयकको व्यवस्था कार्यान्वयनमा आए दलित समुदायले चाहेजति तहमा पढ्न पैसा तिर्नुपर्दैन।अहिले दलित समुदायका विद्यार्थीलाई कक्षा दससम्मको शिक्षा पूर्ण निःशुल्क छ।

कक्षा ११ र १२ पढ्ने दलित विद्यार्थीलाई भने निश्चित कोटामा छात्रवृत्ति दिइँदै आएको शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए। कक्षा ११ र १२ पढाउने विद्यालयले भर्ना भएका कुल विद्यार्थीमध्ये भर्नाको पाँच प्रतिशतलाई छात्रवृत्ति दिने गर्छन्। योमध्ये तीन प्रतिशत छात्रवृत्ति दलितलाई छुट्याउने गर्छन्। विधेयकमाथि राष्ट्रियसभामा भएको छलफलमा मन्त्रालयले आर्थिक रूपमा विपन्न दलितलाई मात्र निःशुल्क शिक्षा दिन प्रस्ताव गरेको थियो।

छफलमा सांसदहरूले संविधानको मर्मविपरीत जान नहुने भन्दै अडान लिएपछि दलितलाई सबै तहको शिक्षा निःशुल्क दिने सहमति जुटेको हो। एकैपटक पूर्ण निःशुल्क दिने व्यवस्था ल्याउँदा कार्यान्वयनमा समस्या पर्ने भन्दै मन्त्रालयले आर्थिक रूपमा विपन्न दलित मात्र हुनुपर्ने तर्क गरेको थियो। निःशुल्क शिक्षा भनिए पनि एउटा तहमा एकपटक मात्र निःशुल्क हुने सहमति भएको छ। ‘यो व्यवस्थाअनुसार व्यवस्थापन संकायबाट निःशुल्क पढेर स्नातक तह उत्तीर्ण विद्यार्थीले स्नातक तहमै शिक्षा, मानविकी वा अन्य संकायमा भर्ना हुन चाहन्छ भने निःशुल्क हुँदैन’, सापकोटाले भने।

तर केही सांसदले भने पढ्न चाहेजति विषय वा संकाय सबैमा निःशुल्क हुनुपर्ने व्यवस्था समेटिनुपर्ने माग गरेका थिए। संविधानको धारा ४० को उपधारा २ मा दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च तहसम्मको शिक्षा निःशुल्क दिने उल्लेख छ। संविधानकै धारा ३१ को उपधारा २ मा हरेक नागरिकलाई राज्यबाट आधारभूत तह (कक्षा एक देखि ८) सम्मको शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तह (कक्षा नौदेखि १२) सम्मको शिक्षा निःशुल्क हुने उल्लेख छ।

निःशुल्क शिक्षाको प्रावधान कार्यान्वयन गरिँदा वार्षिक रूपमा कति व्ययभार हुन्छ भन्ने अध्ययन मन्त्रालयले गरेको छैन। सहसचिव सापकोटाले भने, ‘निकै चुनौतीपूर्ण व्यवस्था छ। कानुनले व्यवस्था गरेपछि कार्यान्वयन गर्नैपर्यो।’ अन्नपुर्णपोष्ट दैनिकबाट