८ आश्विन २०८१, मंगलवार
,
Latest
चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनाब, निर्माण व्यवसायीले घेरे पदाधिकारी , समस्याका कारक सदस्य सचिब लामा भएको… प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका आस्था राउतले प्रहरीलाई जथाभावी गाली गरेपछि….



अ+ अ-

काठमाडौं । गायिका आस्था राउतले प्रहरीलाई जथाभावी गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएकी छन् । गायिका राउतले फेसबुक पेजमा एक भिडियो सेयर गरेका कारण उनी चर्चा र विवादमा आएकी हुन् ।

प्रहरीले काठमाकौं एअरपोर्टमा गायिका राउतलाई चेकजाँच गर्ने क्रममा ‘तँ’ शब्द प्रयोग गर्दै आफुलाई अपमान गरेको भन्दै उनले आक्रोस पोखेकी छन् । आफू हतारमा रहेको त्यही पनि चेक गर्न खोजेको उनले बताएक छिन् । उनको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

उनले प्रहरीलाई जथाभावी गाली गरेकी छिन् । उनले प्रयोग गरेका शब्द र बिचार तल्लो स्तरको छ । तल्लो तहका प्रहरीहरूले बोल्ने शैली सिक्न र ठूला पदका प्रहरीले सिकाउन समेत सुझाइन्। तर अहिले उनले भिडिओ हटाएकी छन्।

रिसको झोंकमा फेसबुक लाइभमा आएर आफूले बढी नै बोलेको भए त्यसको लागि उनले माफी मागेकी छन्। फेसबुकमा पोष्ट गर्दै उनले लेखेकी छन्- तर उनीहरूले (प्रहरी) आफ्नो बोल्ने शैली परिवर्तन गर्नुपर्छ।