८ आश्विन २०८१, मंगलवार
,
Latest
देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनाब, निर्माण व्यवसायीले घेरे पदाधिकारी , समस्याका कारक सदस्य सचिब लामा भएको… प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : ‘एमसीसीको विपक्षमा नबोल्नु, विरोध गर्नेले पद छाडेरमात्र बोल्नु’



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई ह्वीप जारी गरेका छन् । प्रधानमन्त्री ओलीले एमसीसीको विपक्षमा बोल्ने मन्त्रीलाई पद छाड्न निर्देशन समेत दिएका हुन् ।

पुस २८ गते सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा आधिकारिक एजेण्डामा प्रवेश गर्नुपूर्व मन्त्रीहरुको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले ‘कुनै पनि मन्त्रीले अब उप्रान्त कुनै पनि ठाउँमा एमसीसीबारे नकारात्मक कुरा नगर्नु होला’ भनेका थिए।

सरकारको योजनाको विरोध गरेर मन्त्रिपरिषद्मै बसिरहनुको अर्थ नभएकोले विरोधमा बोल्नेले पद छाडेरमात्र बोल्न मन्त्रीहरुलाई निर्देशात्मक चेतावनी दिएका थिए। अपरान्ह पाँच बजेदेखि शुरु भएको मन्त्रिपरिषद्को बैठकमा एमसीसीबारे मन्त्रीहरुको अस्पस्टता र पार्टीका आन्तरिक कार्यक्रमहरुमा कतिपय मन्त्रीहरुले विपक्षमा बोल्ने गरेको सूचनाका आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा आक्रोशपूर्व अभिव्यक्ति दिएका थिए।

सरकारको योजनाको विरोध गरेर मन्त्रिपरिषद्मै बसिरहनुको अर्थ नभएकोले विरोधमा बोल्नेले पद छाडेरमात्र बोल्न मन्त्रीहरुलाई निर्देशात्मक चेतावनी दिएका थिए।

पार्टीभित्र एमसीसीको विपक्षी खेमासम्बद्ध गुटमा सामेल भए पनि मन्त्री भएपछि चूपचाप भएका कृषिमन्त्री घनश्याम भुषालले पहिले जे भयो भयो अव के गर्ने त्यो भन्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीको अनुमोदन यो सरकारको नीति भएको स्पष्टसँग बुझ्न मन्त्रीहरुलाई भनेका थिए ।