काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीप्रति गरेको टिप्पणीका कारण विवादमा तानिएकी गायिका आस्था राउतले माफि मागेकी छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीले चेकिङको क्रममा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। आफूलाई तँ भनेको भन्दै उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेकी छन्। उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन लागेको समेत भिडियोमा बोलेकी थिईन।
उक्त भिडियो उनले फेसबुकबाट हटाएकी छन् तर अन्य पेजमा भने उक्त भिडियो अपलोड भएका छन्। उक्त भिडियो सञ्जालमा व्यापक सेयर भैरहेको छ।










