३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि

२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि
अ+ अ-

काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजारले आज अर्को नयाँ विन्दु समातेको छ । बजार एक हजार ३०० को विन्दुमाथि पुगेको छ ।

लगानीकर्तामा एक प्रकारको सकारात्मक प्रभाव परेपछि बजारले गति समातेको टिप्पणी भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २६ अङ्कको सुधार भई एक हजार ३१०.२३ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत ३.९० ले वृद्धि भई २८२.८७ मा पुगेको छ । नेप्सेले ‘बुलिस टेन्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयर रु एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भएको छ ।

यस साता बजारले नयाँ उचाइ प्राप्त गरेको कारोबार रकमबाट पनि पुष्टि भएको छ । बीमा समूहमा देखिएको सकारात्मक प्रभावका कारण बजारले गति समातेको देखिन्छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह १.७ ले ओरालो लाग्दा बैंकिङ १९.।३८, व्यापार २८.५९, होटल ७४.५५, विकास बैंक ४१.८४, जलविद्युत् ७.९७, वित्त २६.५५, निर्जीवन बीमा १२५.७१,उत्पादन ९७.३१, लघुवित्त ७६.१८, जीवन बीमा २४२.५८ र सामूहिक लगानी कोष ०.३२ ले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ३८ लाख ९९ हजार ६३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै शिवम् सिमेन्ट रु १३ करोड ५९ लाख ६० हजार २०२, एनआइसी एशिया बैंक रु छ करोड ८३ लाख १६ हजार ८१६, प्रभु बैंक रु चार करोड ८६ लाख ५७ हजार ८०७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु चार करोड ७८ लाख १८ हजार ५५, नेपाल बैंक रु चार करोड २६ लाख ७० हजार ४९४, कुमारी बैंक रु चार करोड दुई लाख २७ हजार ४३६ र प्राइम बैंक रु तीन करोड ८६ लाख ५५ हजार ६४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नबिल प्रगति फण्ड, मल्टिपर्पोज फाइनान्स कम्पनी आइसिएफसी फाइनान्स, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, तिनाऊँ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । नेशनल माइक्रोफाइनान्स ९.९४, आशा लघुवित्त वित्तीय संस्था ९.।९३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९।९२ र लक्षमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाए ।

त्यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २.६८, अरुण काबेली पावर २.१५, नेशनल हाइड्रोपावर १.८५, सानिमा बैंकको ऋणपत्र १.८३, लक्ष्मी इक्विटी फण्ड १.८१, गुर्खाज फाइनान्सका शेयरधनीले १.६१ प्रतिशतले गुमाए ।