५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

संसद बैठकअघि सभामुखको उम्मेदवार टुंगो लगाउने तयारीमा नेकपा

संसद बैठकअघि सभामुखको उम्मेदवार टुंगो लगाउने तयारीमा नेकपा
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसद बैठकअघि सभामुखको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । लामो समयदेखि सभामुख चयन हुन नसक्दा संसद बैठक बस्न नसकिरहेका बेला नेकपाले सकेसम्म शुक्रबारसम्म नाममा सहमति जुटाउने प्रयास थालेको हो । केही समयको संवादहीनतापछि बिहिबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा चलेको लामो बैठकले सहमति खोज्ने निर्णय गरेको छ ।

अधिकतम लचकता अपनाइ शुक्रबारसम्म जसरी पनि नाममा सहमति जुटाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । अढाई घण्टासम्म चलेको ‘वान टू वान’ वार्तामा पछिल्लो समयदेखिएका असमझदारीका विषयमा खुलेर कुराकानी भएको थियो । प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहाल र ओलीबीच सभामुख शुक्रबारभित्रै टुंग्याउने सहमति भएको एक नेताले जानकारी दिएका छन् । ‘शुक्रबार पुनः छलफल गरेर सभामुख टुंग्याउने निर्णय भएको छ’, बालुवाटार स्रोतले भन्यो ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार, जो सभामुख भए पनि शुक्रबारभन्दा उता नलैजाने सहमति जुटेको छ । सभामुख बारेको अनिर्णयलाई नलम्ब्याइनेमा दुवै अध्यक्ष सहमत भएका हुन् । महासचिव विष्णु पौडेलले सोमबार बस्ने संसद बैठकअघि सभामुखमा सहमति जुटने बताए । उनले अबको बैठकबाट सभामुख चयनको प्रक्रिया अगाडी बढने जानकारी दिए । ‘माघ ६ गतेअघि नै सबै विषयलाई समाधान गर्नेगरी छलफल अघि बढेको छ । माघ ६ गतेको संसद बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया शुरु हुन्छ,’ महासचिव पौडेलले भने, ‘पछिल्लो छलफल पनि निकै सकारात्मक भएको छ । बैठक पनि समाधानउन्मूख छ ।’

सभामुख चयन नहुँदा अन्य शक्तिले नेकपाभित्र खेल्ने खोजेको निष्कर्षमा दुवै अध्यक्ष भने पुगेका छन् । ‘यही विषयलाई लिएर केही नेताले प्रचण्डले पार्टीसमेत फुटाउन सक्ने खालको अभिव्यक्ति दिएको विषयमा पनि गम्भीर छलफल भएको छ’, स्रोतले भन्यो, ‘यस्ता शक्तिहरू खेल्न नपाउन भन्नका लागि पनि सभामुख चयन चाँडै गर्नुपर्छ भन्ने निष्कर्ष उहाँहरूबीचको हो ।’ प्रचण्ड केही दिनको अन्तरालपछि मात्र बिहीबार दिउँसो बालुवाटार पुगेका थिए । उपाध्यक्षमा प्रस्ताव गरिएका सचिवालय सदस्य बामदेव गौतमको घरमा ओली इत्तरका नेतासँग प्रचण्डले भेटेपछि ओली चिढिएका थिए ।

त्यसबीचमा दुई अध्यक्षबीच राम्रोसँग कुरासमेत हुन सकेको थिएन । उनीहरूबीच लामो समयदेखि सभामुख कसलाई बनाउने भन्नेमा विवाद रहँदै आएको छ । बिहीबारको छलफलमा पनि दुवै अध्यक्षले अडान भने नछाडेको स्रोतको भनाइ छ । जसले गर्दा मध्यमार्गी समधान निस्कने सम्भावना पनि कायमै छ । प्रधानमन्त्रीसमेत रहेका ओली अझै पनि सभामुखमा सुवास नेम्वाङ होऊन् भन्ने चाहाना राखिरहेका छन् । तर, प्रचण्ड भने सहमतिअनुसार सभामुख पूर्वमाओवादीले नै पाउनुपर्ने अडानमा पछि हटेका छैनन् ।

दुवै अध्यक्षको अडानकाबीचमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले तत्काल राजीनामा नदिने बताएपछि नेकपाभित्र थप जटिलता उत्पन्न भएको छ । उनले पहिलो सभामुखको नाम तय गर्नुहोस् अनिमात्र राजीनामा दिने बताएपछि दुई अध्यक्ष पुनः छलफलमा जुटेका हुन् । गएको आइतबारपछि पहिलो पटक भएको भेट सकरात्मक भएको बिफ्रिङ प्रचण्डले आफू निकट नेताहरूसँग गरेका छन् । भेटपछि आफ्नो निवास खुमलटार आएका नेताहरूसँग उनले बिहीबारको छलफल सकरात्मक भएको र संसद बैठकअघि सहमति हुने बताएका छन् । ‘बिहीबारको बैठक सकरात्मक भएको छ ।

सभामुख चयन प्रक्रियालाई लम्ब्याउन नहुनेमा दुई अध्यक्षको एकमत रहेका छन्,’ स्रोतले भन्यो, ‘उपसभामुखको राजीनामा गराउने र संसद्को गतिरोध अन्त्य गर्नेबारे सकारात्मक ढंगले कुराकानी भएको छ ।’ बिहीबार बिहान साढे ११ बजे बालुवाटार पुगेका प्रचण्ड दिउँसो २ बजे मात्र बाहिरिएका थिए । ओली र प्रचण्ड भेट हुनुअघि बालुवाटार र खुमलटारमा प्रधानमन्त्री र कार्यकारी अध्यक्षले आफू निकट नेतासँग छलफल गरेका थिए । प्रचण्डसँग भेट गर्नुअघि बालुवाटारमा प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायतसँग छलफल गरेका थिए ।

प्रचण्ड निवास खुमलटारको छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, जनार्दन शर्मा, अग्नि सापकोटालगायतका नेता सहभागी थिए । संसद्मा झन्डै दुई तिहाई मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ । बन्धक संसद् खुलाउने र पार्टीभित्रको धु्रवीकरण तोड्न नेकपाका दुई अध्यक्षको भेटलाई महत्वका साथ हेरिएको छ ।

सभामुख चयन गर्ने बताए पनि कसलाई बनाउने भन्ने विषयमा अझै पनि दुई अध्यक्षबीचमा कुराकानी भएको छैन । जसले गर्दा शुक्रबार नै सहमति जुट्ने सम्भावना कम रहेको पनि केही नेताहरू बताउँछन् । भेटमा दुई अध्यक्षबीच एमसिसीको विषयमा पनि छलफल भएको थियो । अमेरिकी सहयोग परियोजना एमसिसीलाई पारित गर्ने कि नगर्ने भन्नेमा नेकपाभित्र विवाद छ । सौर्य दैनिकबाट