१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

उपत्यकाको १२ ठाँउमा बल्न थाल्यो ट्राफिक लाईट, आगामी वर्ष ३५ ठाँउमा राखिने

उपत्यकाको १२ ठाँउमा बल्न थाल्यो ट्राफिक लाईट, आगामी वर्ष ३५ ठाँउमा राखिने
अ अ+ अ-

काठमाडौंका १२ ठाउँमा २० वर्ष पुराना ट्राफिक लाइट मर्मत गरेर सञ्चालन

काठमाडौंका १२ स्थानमा ट्राफिक लाइट बल्न थालेका छन् । सडक विभाग र ट्राफिक प्रहरी महाशाखाको समन्वयमा मित्रपार्क, पुरानो बानेश्वर, नयाँ बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगन्ज चोक, कालिमाटीका दुई स्थान, तीनकुने, पद्मोदय चोक, पुतलीसडक र बागबजारमा पुस अन्तिम सातादेखि ट्राफिक लाइट बल्न थालेका हुन् । २० वर्षअघि जाइकाले बनाइदिएको ट्राफिक लाइट पुनः प्रयोगमा ल्याइएको हो ।

मर्मत गरेर सञ्चालनमा ल्याइएका ट्राफिक लाइट दीर्घकालीन नहुने भएपछि अर्को विकल्पसमेत खोजिएको छ । सडक विभागले आगामी आर्थिक वर्ष ट्राफिक लाइटको विकल्पमा सेन्सरका आधारमा सडकको चापअनुसार सञ्चालन हुने स्मार्ट लाइट जडान गर्ने योजना बनाएको हो । नयाँ बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगन्ज चोक, कालिमाटी, तिनकुने, पद्मोदय चोक, पुतलीसडक, थापाथलीलगायतका ३५ स्थानमा स्मार्ट लाइट सञ्चालनमा ल्याउने विभागको योजना छ ।

विभागका महानिर्देशक इन्जिनियर केशवकुमार शर्माले भने ‘हाल सञ्चालनमा आएको ट्राफिक लाइट ट्राफिक व्यवस्थापनको दीर्घकालीन विकल्प होइन । स्मार्ट लाइटसँगै अन्डरग्राउन्ड, ओभरग्राउन्ड चल्ने मेट्रो रेल र ठूला सवारीसाधन सञ्चालनमा आए मात्रै दीर्घकालीन रूपमा ट्राफिक समस्या समाधान हुन्छ ।’ उपत्यकामा दर्ता भएका १२ लाख सवारीसाधनमध्ये १० लाख सञ्चालनमा रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

अभ्यस्त नहुँदा समस्या: महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले प्रयोगकर्ता बत्तीसँग अभ्यस्त हुन केही समय लाग्ने बताए । उनले भने ‘ट्राफिक व्यवस्थापनमा समस्या नरहे पनि प्रयोगकर्तालाई ट्राफिक लाइटसँग अभ्यस्त हुन १५ दिन जति लाग्न सक्छ ।’ प्रयोगकर्ता अभ्यस्त भइसकेपछि ट्राफिक समस्या व्यवस्थापन हुने महाशाखाको दाबी छ ।

ट्राफिक लाइटको व्यवस्था गरिएका स्थानमा पनि ट्राफिक प्रहरी खटिएका छन् । लाइटसँग प्रयोगकर्तालाई अभ्यस्त गराउन प्रहरी खटिनुपरेको महाशाखाको तर्क छ । सडक विभाग अन्तरर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाकी इन्जिनियर वन्दना आचार्य ट्राफिक लाइटको प्रयोग सुरुवाती चरणमा भएकाले ट्राफिक व्यवस्थापनमा समस्या आउनु स्वाभाविक भएको बताउँछिन् ।

परम्परागत लाइटका समस्या:हाल सञ्चालनमा आएका ट्राफिक लाइट सवारी चापअनुसार चल्दैनन् । ‘हामीले प्रयोगमा ल्याएको ट्राफिक लाइट परम्परागत प्रविधिमा आधारित छन् । त्यसैले, ट्राफिक लाइट प्रयोगमा आउँदासमेत ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ । एउटा चोकमा हरियो बत्ती बल्दा अर्को चोकमा रातो बल्न सक्छ । यसले ट्राफिक व्यवस्थापनमा समस्या पर्छ ।’ महाशाखाका एक अधिकारीले भने, ‘ट्राफिक समस्याको दीर्घकालीन व्यवस्थापन स्मार्ट लाइट नै हो ।’ काठमाडौंका व्यस्त चोकमा सरदर पाँच पाँचजना ट्राफिक प्रहरी खटिने गरेका छन् । ट्राफिक लाइटको प्रयोग पछि पनि सोही संख्यामा प्रहरी खटिएका छन् । तर, स्मार्ट लाइनको प्रयोग भएका एउटा चोकमा दुईजनासम्म भए पुग्ने अधिकारीहरू बताउँछन् ।

साढे ९७ लाखमा मर्मत:गत पुस दोस्रो साता मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा ट्राफिक लाइट बाल्ने कार्ययोजना पारित ग(यो । लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पूर्वाधार विकास महाशाखाले पुसभित्र ट्राफिक लाइट प्रयोगमा ल्याइसक्न सडक विभागलाई निर्देशन दियो । सोही आधारमा विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा मुख्य १२ चोकमा ट्राफिक लाइट प्रयोगमा ल्याइएको हो । लाइट मर्मत गरी सञ्चालन ल्याउन ९७ लाख ५० हजार खर्च भएको विभागले जानकारी दिएको छ । नयाँ पत्रिका दैनिकबाट