१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कोटेश्वर जाम कम गर्ने सरकारको ६ योजना

कोटेश्वर जाम कम गर्ने सरकारको ६ योजना
अ अ+ अ-

काठमाडौं। सरकारले काठमाडौं बाहिरिने तथा भित्रने नाकाका रूपमा रहेको कोटेश्वरको जाम हटाउन लेन विस्तारदेखि अकासे पुल निर्माणसम्मको कार्ययोजना अघि सारेको छ । सरकारले गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ मा कोटेश्वरको सवारी जाम हटाउने कार्यलाई विशेष प्राथमिकता दिएको छ ।

कोटेश्वर सवारी जाम हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको कार्ययोजनाको पहिलो नम्बरमा कोटेश्वर चोकबाट बायाँतिरको खाली ठाउँमा सर्भिस लेन विस्तार गर्ने योजना समेटिएको छ ।सडक विभागका लागि जिम्मेवारी तोकिएको उक्त काम वैशाखभित्र गरीसक्नुपर्नेछ । उक्त कामका लागि काठमाडौं महानगरपालिका, अर्थ मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलले सहयोगी भूमिकामा काम गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

सरकारले त्यहाँको जाम कम गर्न कोटेश्वर चोकबाट जडीबुटी चोकतिर जाँदा बायाँतर्फबाट सोझै ३२ वडा कार्यालय निस्कने गरी खुलेको सडकको स्तरोन्नति गर्ने रणनीति तय गरेको छ । उक्त काम असारभित्र सडक विभागले गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको छ । सवारी जाम हटाउने तेस्रो विकल्पमा जडीबुटी चोकमा रहेको एउटा कच्ची घरको मुआब्जा दिई घर हटाउने योजना छ । सडक विभागले चैत्रभित्र उक्त काम गरिसक्नुपर्ने जिम्मा दिइएको छ । चौथो योजनाअनुसार जडीबुटी चोकबाट निर्माणधीन मनोहरा पुलसम्म जानका लागि दुवैतर्फ सर्भिस लेन विस्तार गर्नुपर्नेछ ।

उक्त कामको जिम्मेवारी पनि सडक विभागको नै तोकिएको छ । विभागले असारभित्र उक्त काम गरिसक्नुपर्नेछ । पाँचौं विकल्पमा सरकारले जडीबुटी चोकबाट कोटेश्वरसम्म बायाँतिर सर्भिस लेन विस्तार गर्ने योजना बनाएको छ भने छैंटो विकल्पमा अकासे पुल निर्माण रहेको छ । सरकारले सडक विभागलाई असारभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी कोटेश्वर चोकको उपयुक्त स्थानमा आकाशे पुल निर्माण गर्ने कार्य योजना अघि सारेको छ ।

सरकारले हालै तय गरेको कार्ययोजनामा काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्य योजना अघि सारेर काम समेत थाालेको छ । कार्ययोजनाअनुसार उपत्यकाका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिने छ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ । कोटेश्वर–जडीबुटीचोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १ सय २४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ । राजधानी दैनिकबाट