१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, सबै प्रदेशका निर्वाचन कार्यालयमा मतपत्र पुर्याइयो

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, सबै प्रदेशका निर्वाचन कार्यालयमा मतपत्र पुर्याइयो
अ अ+ अ-

काठमाडौँ । यही माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सुरक्षित साथ सातवटै प्रदेशका निर्वाचन कार्यालयमा पुर्याइसकिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने, ‘‘स्थानीय तहबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतदातालाई आउन गृह मन्त्रालयले सुरक्षा निकायको समन्वयमा सुरक्षित आउने र शान्तिपूर्ण रूपमा मतदान गराउने व्यवस्था मिलाइएको छ ।’’

मतपत्र छपाइ गरी प्रदेश १ को मोरङको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, बाग्मती प्रदेशको ललितपुरको जावलाखेल, गण्डकी प्रदेशको कास्कीको पोखरा, प्रदेश ५ को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरिएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसीले र स्थानीय तहका सदस्यले सेतो कागजमा रातो रङ्गको मसीले छापेको मतपत्रमा मतदान गर्ने छन् । मतदानका लागि छ हजार २६० थान मतपत्र छपाइ गरिएको छ ।

मतभार ४८ र १८ हुने: राष्ट्रियसभा सङ्घीय संसद्को स्थायी सदन हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशको प्रदेशका प्रदेश सभा सदस्य र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् । यी मतदातालाई राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचक मण्डल भनिन्छ ।

यो निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखको मतको भार फरक फरक हुन्छ । प्रदेश सभाका सदस्यको एक मत बराबर ४८ मतभार हुन्छ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखको एक मत बराबर १८ मतभार हुन्छ ।

निर्वाचन प्रणाली: यो निर्वाचनमा प्रत्येक प्रदेशबाट महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहबाट निर्वाचित हुने सदस्यका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अपनाइन्छ । यस निर्वाचनका प्रदेशसभा सदस्य ५५० र स्थानीय तहका एक हजार ५०६ गरी दुई हजार ५६ जनाले मतदान गर्ने छन् ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिएको छ । यस वर्ष प्रत्यक्षबाट १८ र राष्ट्रपतिबाट मनोनीत १ गरी १९ पदको पदपूर्तिका लागि निर्वाचन हुन लागेको हो । गोरखापत्र दैनिकबाट