९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रतिनिधिसभा निर्वाचनः काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै

प्रतिनिधिसभा निर्वाचनः काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
अ अ+ अ-

काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट एक पुराना उम्मेदवारसहित २४ जनाबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनमा १६ दल र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा पुराना र नयाँ दलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । यस पटकको निर्वाचनमा यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन(२०७९ मा प्रत्यक्षतर्फ एमालेका गोकुल बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजयी हुनुभएको थियो । सोही निर्वाचनको समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, रास्वपा तेस्रो र नेकपा (तात्कलीन माओवादी केन्द्र)चौथो पार्टीका रूपमा रहेका थिए ।

यसपटक एमालेका ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जू, कांग्रेसका तर्फबाट ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराउनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धुलिखेल नगरपालिकाका नगरप्रमुखसमेत रहनुभएका ब्याञ्जूले समाजले परिकल्पना गरेको र आजको आवश्यकता अनुसारको राजनीतिक प्रणालीलाई सुधार गर्दै समृद्धमुलुक निर्माणमा योगदान पु¥याउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो ।

कांग्रेसका उम्मेदवार आचार्यले युवाहरूको भावनाअनुसार मुलुकमा सुशासनसहित भ्रष्टचारमुक्त समाज निर्माण गर्ने तथा दलीयकरणको अन्त्य गरी जनतालाई प्रत्यक्ष सेवा पु¥याउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । यस क्षेत्रमा भने कांग्रेस पनौतीका नेता राजेशकुमार श्रेष्ठले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै रास्वपाले भण्डारीलाई उम्मेदवार बनाएर युवा पुस्ताको नेतृत्व लिने उद्देश्य बनाएको छ । भण्डारीको पनि मुलुकमा सुशासन कायम गर्न, भ्रष्टचारको नीतिगत अन्त्य गर्दै जेनजीको माग सम्बोधन गर्न उम्मेदवारी दिएको उल्लेख गर्नुभयो ।

नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका हुमागाईं यसअघि बागमती प्रदेशको कृषि मन्त्रीका रूपमा काम गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “देशमा सुशासन, समृद्ध राष्ट्रः सुखी नेपाली, नागरिकले खोजेको परिवर्तन तथा नयाँ पुस्ताको माग सम्बोधन गर्न, किसान, मजदुर र सर्वहारा वर्गको पक्षमा काम गर्न मैले उम्मेदवारी दिएको हुँ ।”

निर्वाचन कार्यालयका अनुसार २४ मध्ये दुई दल र एक स्वतन्त्र गरी तीन जना महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक पनि दलित उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छैनन् भने जनजातिका तर्फबाट २५ जनाको उम्मेदवारी परेको छ । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता छन् । कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन् । रासस