५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्छ : मन्त्री भूसाल

विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्छ : मन्त्री भूसाल
अ+ अ-

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भूसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भूसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो । नेपालमा कृषिसम्बन्धि अध्ययन/अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाई गलत भएको भन्दै मन्त्री भूसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषि सम्बन्धि अध्ययन गराउने कलेजहरु प्रयाप्त नभएको भन्दै जिज्ञासा राख्नुभएको थियो । जवाफमा मन्त्री भूसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सहि नभएको तर विश्वविद्यालय र कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताउनुभयो । बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भूसालको भनाई छ ।

मन्त्री भूसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताउनुभएको छ । प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री भूसालले बताउनुभएको हो ।