१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कोही पनि भूमिहिन, सुकुम्बासी नहुने अभियानमा सरकार अगाडि बढेको छ: मन्त्री अर्याल

कोही पनि भूमिहिन, सुकुम्बासी नहुने अभियानमा सरकार अगाडि बढेको छ: मन्त्री अर्याल
अ अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाको हलिया बस्ती हस्तान्तरण गरिएको छ । हलिया बस्तीका जेष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरको रिबन काटी घरको तालाचाबी खोलेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बस्तीको हस्तान्तरण गरेको घोषणा गरेकी हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुक्त हलिया पुर्नस्थापना कार्यक्रमअन्तर्गत निर्माण गरिएको नमुना बस्ती एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

एकीकृत बस्ती नै निर्माण गरेर हलिया बस्ती औपचारिक रुपमा सरकारले हस्तान्तरण गरेको यो पहिलो हो । त्यस अवसरमा बस्ती हस्तान्तरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोही पनि भूमिहिन, सुकुम्बासी नहुने अभियानमा सरकार अगाडि बढेको बताइन् । हलियाको तथ्यांक संकलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुनःपहिचान गरेको र अझैपनि छुट्न गएकालाई सम्बोधन गरिने बताइन् ।

मन्त्री अर्यालले भनिन्, ‘पहिचान भएकालाई पहिला व्यवस्थापन गरौँ । बाँकी छुट रहेकालाई पनि सरकारले कुनै न कुनै ढंगले सम्बोधन गर्छ ।’ सरकारले पुर्नस्थापना गरिसकेपछि आम नागरिक सरह भएको भन्दै उहाँले अब सधैँ हलिया भएर बसिरहन नहुने बताइन् । आफैंले गर्नसक्ने कामहरू आफैंले गर्नुपर्ने भन्दै उनले कुनै न कुनै जिविकोपार्जनका काममा लाग्न आग्रह गरिन् । समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्न उत्पादनमा लाग्नैपर्ने भन्दै मन्त्री अर्यालले अब सरकारले गरिबको विशेष सूचीमा राखेर गरिब लक्षित कार्यक्रम सञ्चालन गरी गरिबी निवारणको काम गर्ने बताइन् ।

अब कोही पनि भूमिहिन र सुकुम्बासी नहुने अभियानमा सरकार लागेको भन्दै देशभरका भूमिहिन र सुकुम्बासीको समस्या यही सरकारले समाधान गर्ने बताइन् । यसैगरी मन्त्री अर्यालले सरकारले हलियाका नाममा दिएको जग्गा र घर प्रयोगमा नआएमा जो छुटेको छ उसैलाई दिनुपर्ने बताइन् । ‘जसको जग्गा हो उसैले कमाउनुपर्छ । घरको पनि अरू गएर बस्न पाउँदैन । सरकारले दिएको जग्गा र घर प्रयोगमा नआएमा जो छुटेको छ उसैलाई दिनुपर्छ’, मन्त्री अर्यालले भनिन् ।

राज्यले दिने सहुलियत दिँदा महिला र पुरुष दुवैको स्वामित्व स्थापित हुनेगरी दिइएको भन्दै उनले सुकुम्बासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने बताइन् । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर लामो समयसम्म पुर्नस्थापना हुन सकेको थिएन । साविक सुदुरपश्चिम क्षेत्रका ९ जिल्ला र मध्यपश्चिम क्षेत्रका ३ जिल्लाका १८ हजार नौ सय ५३ हलिया परिवारको पुर्नस्थापना घोषणा गरिएको थियो ।

गत वर्ष कञ्चनपुरमा मात्र १७ सय ८५ परिवारको हलियाको पुर्नस्थापना गरिएको थियो । पुर्नस्थापना हुन बाँकी हलियालाई पुर्नस्थापनाका लागि स्थानीय तहमा बजेट पठाइको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए । सरकारले बागफाँटा बस्तीमा मुक्त हलिया पुर्नस्थापनाका लागि ३२ वटा ३ कोठाको घर निर्माण गरेको हो । सँगै शौचालय, २० फुटको बाटो वरिपरी नाला सहित बस्ती निर्माण गरेको छ । बाटोको दुवैतर्फ घर निर्माण गरिएको छ ।

प्रतिघर ३ लाख लागत लागेको छ । जसमा नेपाल सरकारको २ लाख २५ हजार र बाँकी रकम ह्याबिटेट फर ह्युमानिटी नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ । ह्याबिटेटले प्राविधिक सहयोग र अपुग रकम सहयोग गरेको हो भने भीमदत्त नगरपालिकाले नाला निर्माण र खानेपानीलगायतमा सहयोग गरेको हो ।

१० धुर जग्गा सहित प्रतिपरिवार ४ लाख २५ हजार जम्मा लगानी लागेको छ । कञ्चनपुर जिल्लामा मात्र २७ सय परिवार मुक्त हलिया रहेकोमा सूची संशोधन हुँदा २ हजार ५ सय पहिचान भएको थियो । जसमध्ये १ हजार ७ सय ८५ को गत वर्ष पुर्नस्थापना गरिएको थियो भने १०६ परिवालाई हस्तान्तरण गरिएको थियो । सौर्य दैनिकबाट