काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य बढेको छ । आईतबार प्रतितोला सुन २ सय रुपैयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन आइतबार प्रतितोला २ सयले बढ्दै ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सयले बढ्दै ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।