९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन

अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन
अ अ+ अ-

काठमाडौँ । आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्न अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो दुई दिनमा तनहुँ, कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गर्नुभएको छ । अर्थमन्त्रीले तीन जिल्लाको एकैदिन स्थलगत अनुगमन गर्नुभएको छ । उहाँ बुधवार कास्की, पर्वत र म्याग्दी जिल्लामा पुगेर प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता पालनाको अवस्थाबारे छलफल गर्नुभयो । साथै जिल्ला निर्वाचन कार्यालयहरूको पनि अवलोकन गर्नुभयो ।

अर्थमन्त्री खनाललाई कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र ५६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत हिमलाल वेल्वासे, क्षेत्रीय निर्वाचन अधिकृत निर्मला खड्का र सीता रेग्मी तथा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले तयारीबारे ब्रिफिङ गर्नुभयो ।

त्यस्तै सोही दिन  पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र ३५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको बताउनु भयो । मुख्य निर्वाचन अधिकृत बासुदेव पौडेल र जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी गराउनु भयो । म्याग्दी जिल्लामा अनुगमनमा पुगेका खनाललाई  प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र १५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले तयारीको अवस्थाबारे ब्रिफिङ गर्नुभयो । अनुगमनपछि अर्थमन्त्री खनालले चारवटै जिल्लामा निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताउनु भयो ।

उहाँले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जोड दिँदै सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनु भयो । यसअघी मंगलबार अर्थमन्त्री खनालले तनहुँ जिल्लाको अनुगमन गर्नुभएको थियो । जसमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तनहुँमा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै पनि उजुरी नपरेको र जिल्लाका ८ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको जानकारी दिनुभयो । अर्थमन्त्रीले जिल्ला निर्वाचन कार्यालयको अवलोकन गर्नुभयो । मुख्य निर्वाचन अधिकृत विष्णु उपाध्याय, निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत भेषराज पौडेल तथा जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख विकास लम्सालले हालसम्मको तयारीबारे विस्तृत ब्रिफिङ गर्नुभयो ।