१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

हिमपहिरोमा बेपत्ता भएकोहरुको जमिनबाट खोजी गर्नै कठिन

हिमपहिरोमा बेपत्ता भएकोहरुको जमिनबाट खोजी गर्नै कठिन
अ अ+ अ-

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको हिमपहिरोमा हराएका ४ कोरियाली र ३ नेपाली पर्यटकको सिम्रिक एयरको हेलिकप्टरले आइतबार उद्धार टोलीसहित खोजी गरेको छ। रेक्को डिभाइसले हराएकाहरूको मेटल सिग्नल पाएको उद्धार टोली कोअर्डिनेटर सुरज पौडेलले जानकारी दिए। सिम्रिक एयरका पाइलट आनन्द थापा उद्धार टोलीका प्राविधिक छिरिङ डेन्डुप भोटे, आङतासी शेर्पा र पौडेलसहितको टोलीले आइतबार दिउँसो ३ बजेदेखि हिमपहिरो गएको हिङ्कु खोलामा मानिसको सिग्नल पाएको उनले जानकारी दिए।

रेक्को हराएका मानिस खोजी गर्ने विशेष यन्त्र हो। स्विट्जरल्यान्डमा तालिम लिएका सिम्रिक एयरका पाइलट थापासहितको टोलीले दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोजी गरेको थियो। हिङ्कु खोला क्षेत्रमा ठूलो हिमपहिरो रहेको पनि उनले बताए। सोमबार पनि यही प्रक्रियाअनुसार फेरि खोजी गरिने उनले बताए। मौसमका कारण जमिनबाट खोजी गर्न सकिएको छैन। शनिबार बेलुकी फेरि हिमपात भएकाले पुनः पहिरो गएको र आइतबार दिउँसो १२ बजेदेखि पुनः हिम परेकाले खोजीकार्य अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए।

ठूलो हिमपहिरो गएको र पहिरो गएको ठाउँ साँघुरो र जोखिमयुक्त भएकाले जमिनबाट खोजी गर्न कठिन भएको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हरि भुजेलले बताए। प्रहरी र स्थानीय बासिन्दा पहिरो क्षेत्रतर्फ रहे पनि हिउँ परिरहेकाले खोजीमा समस्या परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। ली मिन सु, किम सुक जा, जोङ पिल बोङ र चोई ह्यो वोन गरि चार जना कोरियाली र नेपाली पथप्रदर्शक सरोज परियार र २ सहयोगी मिनबहादुर लामा (तामाङ) तथा छिरिङ भोटे पहिरोपछि सम्पर्कविहीन छन्।

चार चिनियाँ सम्पर्कमा

अन्नपूर्ण फेरोको पदयात्रा जाने क्रममा मनाङबाट सम्पर्कविहीन भएका दुई महिला र दुई पुरुष गरि ४ जना चिनियाँ पर्यटक सम्पर्कमा आएका छन्। उनीहरू मुस्ताङबाट थोरङ पास हुँदै मनाङ झरेर पदयात्रा पूरा गरी पोखरा आइसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का सूचना अधिकारी ऋषि बरालले जानकारी दिए। मनाङ निस्याङ गाउँपालिका–९ स्थित एक्याप चेकपोस्टमा पुस २७ गते इन्ट्री भएका उनीहरू शनिबारसम्म सम्पर्कमा नआउँदा प्रहरी र स्थानीयले खोजी गरेका थिए।

एक्याप प्रमुख राजकुमार गुरुङले ४ विदेशी पर्यटक र ३ नेपालीसहित ७ जनाबाहेक अन्य हराएको सूचना नआएको बताए। अन्नपूर्ण पदयात्रा क्षेत्रमा जाने पर्यटकको अवस्थाबारे विभिन्न चेक पोस्टबाट जानकारी लिइरहेको र थप पर्यटक हराएको सूचना नपाएको उनले बताए। यो सिजनमा सबैभन्दा धेरै नेपाली र विदेशी गरेर सयदेखि डेढ सयको हाराहारीमा अन्नपूर्ण आधार शिविर जाने गरेको उनले बताए। अन्नपूर्ण फेरोको पदयात्रामा दैनिक १५/२० जना जाने गरेको मनाङको धारापानी चेकपोस्टकी सुमी गुरुङले जानकारी दिइन्। उनीहरूलाई पुस र माघ महिनामा जोखिम क्षेत्र तिलिचोको पदयात्रामा जान रोक लगाइएको पनि उनले सुनाइन्।

एक्लै जाने पर्यटकको अवस्था अज्ञात

गाइड वा भरिया नलिइ एक्लै पदयात्रामा जाने विदेशी र नेपाली पर्यटक हिमपहिरो खस्दा उनीहरूको खोजीमा विशेष ध्यान दिनुपर्ने पर्यटन व्यवसायीले बताएका छन्। ट्रेकिङ एजेन्सीबाट गाइड र भरिया लिएर जाने विदेशी र नेपाली पर्यटकको अवस्थाबारे कम्पनी र गाइडले दैनिक सूचना आदानप्रदान गर्ने भएकाले उनीहरूको अवस्था बेलैमा थाहा हुने भए पनि बिनागाइड एक्लै जानेको अवस्था अज्ञात हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका उद्धार संयोजक दीपकराज अधिकारीले बताए।

यस्तो हिमपात र पहिरो जाँदा अरु धेरै सम्पर्क बाहिर रहेको हुन सक्ने भएकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सरकारले विशेष खोजी गर्नुपर्ने टान पोखराका अध्यक्ष हरि भुजेलले बताए। ‘हामीले पनि आफ्ना तर्फबाट खोजी गरिरहेका छौं। सम्बन्धित निकायले पनि भिजिट नेपाल २०२० भनेर पर्यटकलाई बोलाउने तर आपत्बिपत् पर्दा खोजी गर्न ढिलासुस्ती गर्न हुँदैन,’ उद्धार संयोजक अधिकारीले बताए। संघीय र प्रदेश सरकारले पनि खोजी गर्नुपर्नेमा नगरेको पर्यटन व्यवसायीले गुनासो गरेका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट