१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ। न्यु एरा एकेडेमी र आयोजक दि एक्सेल्सियर स्कुल (नीलो) १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

न्यु एराले एलआरआईलाई ४–२ गोलले पराजित ग¥यो । न्यु एराका पेम्बा तामाङले २ तथा आयुश बराम र असिन थापाले समान १–१ गोल गरे ।

एलआरआईका आशुतोष महतरा र डेनिल श्रेष्ठले समान १–१ गोल गरे । एक्सेल्सियर (नीलो) ले किड्स लर्निङलाई २–० गोलले हरायो । विजेताका कृष र कर्माले समान १–१ गोल गरे । सोही स्पर्धामा रिब्सले ह्वाइट हेभेनलाई २–१ तथा बोधीसत्वले न्यु अरुणोदयलाई ३–१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१३ मा एक्सेल्सियर (यल्लो) ले जोन डेवीलाई ४–०, एलआरआईले कोहिनुरलाई १–०, काष्ठमण्डप विद्यालयले रेडियन्ट पब्लिकलाई ५–१ र रिब्सले हार्टल्यान्डलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए ।

यु–११ मा जोन डेवीले रिब्सलाई १–०, संस्कृति इन्टरनेसनल स्कुलले न्यु एरालाई ४–१, राई स्कुलले सेक्रेड हार्टलाई ४–१ र काष्ठमण्डपले एक्सेल्सियरलाई ५–० गोलले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे । यु–९ मा एक्सेल्सियर (रातो) र नीलो, काष्ठमण्डप र कोहिनुर यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

बास्केटबल:राई र चाँदबाग सेमिफाइनलमा

एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यु–१२ गल्र्समा राई स्कुल र चाँदबाग सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राई स्कुलले युरो स्कुललाई १२–२ ले पराजित ग¥यो । राईको जितमा सिमरन शेदगलले ६ अंक योगदान  गरिन् । काभ्या थापाको २ अंक सहयोगमा चाँदबागले एक्सेल्सियर (नीलो) लाई ६–० ले हरायो । सेमिफाइनलमा चाँदबागको भेट एक्सेल्सियर (नीलो) संग हुनेछ भने राई स्कुलले स्वर्णिमसंग खेल्ने छन् ।

सिनियर ब्वाइजको सेमिफाइनल रेडियन्ट र संस्कृति तथा पुष्पसदन र राराहिलबीच हुनेछ । सिनियर गल्र्सको सेमिफाइनलमा रिब्सले ल्यान्डमार्क एकेडेमी तथा एक्सेल्सियरले रेडियन्ट पब्लिकको सामना गर्ने छन् ।