१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए राजीनामा

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए राजीनामा
अ अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनलाई केही समय अगाडि स्पष्टीकरणसमेत सोधिएको थियो । खरेलले आइतबार बिहान सिंहदरबारस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर मन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । भट्टराईले मन्त्रालय सम्हाले यता खरेलले निगमलाई फाइदामा पुर्याउन कुनै पनि योजना नबनाएको र कार्यसम्पादन राम्रोसँग गर्न नसकेको आरोप लाग्दै आएको थियो ।

त्यसकारण पनि उनलाई राजीनामाको दबाब रहँदै आएको थियो । नेपाल एयरलाइन्सको ओसाका उडानको निर्णय हतारमा गरेको र घाटा गएको भन्दै खरेलको तीव्र आलोचना हुँदै आएको थियो । पुसको दोस्रो साता खरेललाई स्पष्टीकरण सोधिएको थियो । जसमा प्रधानमन्त्री समक्ष निगमको सञ्चालक समितिको व्यवस्थापनलाई असहयोग गरेको विषयमा कुन एजेन्डामा कसरी असहयोग गरेको भनी सोधिएको थियो ।

त्यस्तै निगमको वाइडबडी सञ्चालन सम्बन्धी तयार पारिएको व्यापारिक योजनामा जापानको टोकियोमा उडान गर्ने योजना रहेको तर, नेपाल जापानबीचको हवाई सम्झौता नवीकरणको दौरानमा टोकियोमा एसएलओटी नपाउने तर, नारितामा पाउने भएपछि नारिताबाट ओसाका उडान नगर्नुको कारण र ओसाका उडान गर्दा पुग्न गएको क्षतिको जवाफदेही को हुन्छ भनी प्रश्न सोधिएको थियो ।

साथै, निगम सञ्चालक समितिको बैठकले वाइ १२ ई र एमए ६० विमान सञ्चालनका लागि व्यवस्थापनको प्रतिबद्धता सहितको कार्ययोजना पेस गर्न व्यवस्थापनलाई दिएको निर्देशनलाई नजरअन्दाज गरी हालसम्म कुनै पनि कार्ययोजना पेस नगर्नुको कारण के हो ?, एयरबस ३२० विमानको इन्जिन एआरओको सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयनको अवस्थामा र एअरबस ३३० विमानको पीबीएच सम्झौताको अवस्था के छ ?

र एअरबस ३२० विमानको एपीयु बिग्रको सम्बन्धमा के भएको हो र यसको हालको अवस्था के छ, के यो स्वभाविक हो भन्दै ५ बुँदे स्पष्टीकरण सोधिएको थियो । राजीनामा बुझाएका खरेल आइतबार नै अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

खरेललाई २०७५ भदौमा मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो । निगमको सञ्चालक समितिको अध्यक्ष उड्डयन मन्त्रालयका सचिव हुने व्यवस्था रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई कार्यकारी अध्यक्ष बनाएका थिए । सौर्य दैनिकबाट