१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अर्थ, गृह मन्त्रालयलगायत महत्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुँदै

अर्थ, गृह मन्त्रालयलगायत महत्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुँदै
अ अ+ अ-

काठमाडौं। सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य एकैपटक सेवा निवृत्त हुने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अनिल ठाकुर भने गत २१ पुसमै सेवा निवृत्त भएपछि चार सचिव पद रिक्त हुन लागेको हो ।

अर्थ मन्त्रालयका सचिव खनाल, गृह मन्त्रालयका सचिव राई र उपराष्ट्रपति कार्यालयका आचार्य २२ माघदेखि सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुन लागेका हुन् । उनीहरूको अवकाश सँगसँगै हालका चार जना वरिष्ठ सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । खनाल, राई र आचार्य तीनै जना २०७१ साल २२ माघमा सचिवमा बढुवा भएका थिए । प्रधानमन्त्री कार्यालयका सचिव ठाकुर सेवानिवृत्त भएपछि रिक्त रहेको एक सचिव पदमा हाल सबैभन्दा वरिष्ठ सहसचिवका रूपमा रहेका दिनेश भट्टराई बढुवा हुने करिब करिब पक्कापक्की भएको छ ।

त्यस्तै, रिक्त हुने तीन सचिव पदका लागि भने प्रशासन सेवाका वरिष्ठ सहसचिव एकनारायण अर्याल, टेकनारायण पाण्डे र रामशरण पुडासैनीको बढुवा हुने निश्चित भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । शिक्षाका बाबुराम पौडेल वरिष्ठ सहसचिव रहे पनि उमेरहदका कारण १८ माघदेखि अवकाश पाउने भएकाले उनी सचिव हुन नपाउने भएका छन् । २२ माघपछि रिक्त रहने तीन सचिवमा बढुवा हुनेमध्ये वरिष्ठ सहसचिव एकनारायण अर्याल कुशल र गृहका अनुभवी प्रशासक हुन् ।

उनी हाल कोलकातास्थित नेपाली महावाणिज्यदूतका रूपमा छन् । त्यहाँ रहँदा उनले नेपाल–भारत द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउँदै आएका छन् भने नेपाली व्यापारीका समस्याको सहज समाधान गर्दै आएका छन् । यसअघि उनले गृह मन्त्रालयमा रहेर कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए भने गृह प्रशासन सुधारको मार्गचित्रसमेत बनाएका थिए ।

यस्तै, काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहँदा अर्यालले सुशासन र नीतिगत तहमा महत्वपूर्ण सुधारका कार्यक्रम सञ्चालन गरेका थिए । । सचिवको बढुवा सूचीमा रहेका पाण्डे शिक्षा सेवाका हुन् । उनको विज्ञता शिक्षा क्षेत्रमा छ भने पुडासैनी अर्थका जानकार हुन् । राजधानी दैनिकबाट