१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

समयसीमा सकिनै लाग्दा पनि अझै पाएनन् उखु किसानले भुक्तानी, ५९ करोड १६ लाख ५४ हजार बाँकी

समयसीमा सकिनै लाग्दा पनि अझै पाएनन् उखु किसानले भुक्तानी, ५९ करोड १६ लाख ५४ हजार बाँकी
अ अ+ अ-

काठमाडौं । सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराइदिने गरी उखु किसानसँग सहमति गरेको थियो । तर, सो सहमतिको अक्षरशः कार्यान्वयन गराउने विषयमा भने सरकार सक्रिय भएर नलाग्दा कृषकले सो समयमा पुरै भुक्तानी नपाउने अवस्था आएको हो ।

भुक्तानीको माग गर्दै कृषक आन्दोलित भएका थिए तर सरकारले सहमति गरेपछि उनीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका थिए । ७ माघभित्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने भनेर सरकार र उखु किसानबीच पाँच बुँदे सहमति भएको थियो । सरकार र उखु किसानबीच भएको सहमति सकिन दुई दिन बाँकी हुँदासम्म चिनी उद्योगले उखु किसानलाई ५९ करोड १६ लाख ५४ हजार ७५२ रुपैयाँ भुक्तानी दिनुपर्नेछ । चिनी उद्योगीहरूले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सम्झौता भएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागलाई चिनी उद्योगले किसानको बाँकी बक्यौता रकम भुक्तानीको रिपोर्ट गर्न जिम्मा दिएको छ । आइतबारसम्ममा विभागले संकलन गरेको तथ्यांकअनुसार १४ वटा चिनी उद्योगमध्ये सातवटा उद्योगले मात्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरेका छन् । बाँकी सातवटा उद्योगले सरकार र किसानसँग भएको सहमतिपछि केही बक्यौता रकम भुक्तानी गरे पनि बाँकी बक्यौताको आधा चौथाइ भुक्तानी गरेका छैनन् ।

उद्योग विभागका प्रवक्ता विनोद खड्काका अनुसार नवलपरासीको लुम्बिनी सुगर मिलका सञ्चालक हालसम्म सम्पर्कविहीन छन् । उनले सो मिलले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम कति रहेको भन्ने समेत जानकारी नगराएको बताए । लुम्बिनी सुगर मिलका सञ्चालको दुई वर्षअघि नै मृत्य भएको हुँदा उनका परिवारका कुनै सदस्यसमेत सम्पर्कमा नआएको उनले बताए । यसैगरी, श्रीराम सुगर मिल रौतहटले उखु किसानसँग जग्गा बिक्री गरेर केही समयपछि बाँकी बक्यौता रकमको भुक्तानी गर्ने सहमति गरेको प्रवक्ता खड्काले बताए ।

उनले भने, ‘चिनी उद्योगीको अवस्था हेर्दा उखु किसानको बाँकी बक्यौता रकमको भुक्तानी तोकिएको समयसीमाभित्र होला जस्तो लाग्दैन ।’ श्रीराम सुगर मिलले पैसा तिर्न नसक्ने भएपछि जग्गा बिक्री गर्न भनेर भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा चिठी पठाइएको छ । यस्तै, बाँकी बक्यौता भुक्तानी नगर्ने अन्य चिनी उद्योगको अवस्था पनि नाजुक छ । विभागको तथ्यांकअनुसार श्रीराम सुगर मिल रौतहटले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्न २६ करोड ७७ लाख ७८ हजार ६२३ रुपैयाँ बाँकी छ ।

विभागको आइतबारसम्म सर्लाहीको अन्नपूर्ण सुगर मिलले जम्मा ३ करोड ९० लाख मात्र बाँकी बक्यौता रकम भुक्तानी गरेको छ । सो मिलले उखु किसानसँग भएको पाँच बुँदे सहमतिपछि सो रकम बुझाएको हो । अन्नपूर्ण सुगर मिलले लामो समयदेखिको ४२ करोड बाँकी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेकामा जम्मा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ । यसैगरी, महालक्ष्मी सुगर मिलले जम्मा ११ करोड ५० लाख बाँकी बक्यौता किसानलाई बुझाएको छ । जब कि सो मिललाई २१ करोड ४० लाख ५८ हजार २२६ रुपैयाँ बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने देखिएको छ ।

चिनी मिलको नाम भुक्तानी हुनुपर्ने भुक्तानी भएको रकम

  • महालक्ष्मी सुगर मिल, सर्लाही २१,४०,५८,२२६ ११,५०,०००००
  • अन्नपुर्ण सुगर मिल, सर्लाही ४२,००००००० ३,९०,०००००
  • श्रीराम सुगर मिल, रौतहट २६,७७,७८,६२७ भुक्तानी नगरेको
  • महाकाली सुगर मिल, कञ्चनपुर ६२१०७ भुक्तानी नगरेको
  • बाग्मती खाडसरी सुगर मिल, नवलपरासी ८,४१,४१, ५८६ भुक्तानी नगरेको
  • रिलायन्स सुगर मिल श्रीपुर, बारा ६१,४९,७१४ भुक्तानी नगरेको
  • बाबा बैजुनाथ सुगर मिल, रौतहट

बाँकी बक्यौता भुक्तानी गर्ने उद्योग:यसैगरी, बाँकी बक्यौता रकम भुक्तानी गर्नेमा इन्दुशंकर सुगर मिल, एभरेस्ट सुगर मिल, भागेश्वर सुगर मिल, हिमालयन सुगर मिल, इस्टर्न सुगर मिल र रिलायन्स सुगर मिल छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले सरकार र उखु किसानसँग १८ पुसकोे सहमति भएअनुसार चिनी उद्योगले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी नगरे प्रशासनिक प्रक्रियाबाट कारबाही अघि बढाउने बताए ।

प्रवक्ता भट्टाईले अन्नपूर्ण चिनी उद्योगलाई गत शुक्रबार तत्काल उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्न मन्त्रालयले निर्देशन दिएको बताए । यसैगरी, उनले लुम्बिनी सुगर मिलका सञ्चालक सम्पर्कविहीन भएको जनकारी गराएका छन् । सो मिलका सञ्चालकलाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरिएको प्रवक्ता भट्टराईले बताए । राजधानी दैनिकबाट