१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

आजबाट सुदूरपश्चिम प्रदेशसभाको पाँचौं हिउँदे अधिवेशन सुरु

आजबाट सुदूरपश्चिम प्रदेशसभाको पाँचौं हिउँदे अधिवेशन सुरु
अ अ+ अ-

धनगढी। सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन आज सोमबारदेखि सुरु हुँदै छ । प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले आह्वान गरे अनुसार प्रदेशसभाको पाँचौं अधिवेशन आज दिउँसो २ बजे देखि सुरु हुन लागेको हो । हिउँदे अधिवेशन पनि भनिने पाँचौं अधिवेशन मुलतः विधेयक अधिवेशन हो । विधेयक अधिवेशनको सुरुवात सोमबार हुन गइरहेको भए पनि सरकारका तर्फबाट अधिवेशनमा प्रस्तुत गर्नका लागि आइतबारसम्म एउटा मात्रै विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

सरकारले दर्ता गरेको सो विधेयकसमेत हिउँदे अधिवेशनको पहिलो दिन सभामा पेस हुने छैन । प्रदेशसभा सचिवालयमा दर्ता भएको पाँच दिनपछि मात्रै सभामा टेबुल गर्न पाइने प्रदेशसभा नियमावलीको प्रावधानअनुसार सो विधेयक सोमबारको सभा बैठकमा टेबुल हुनेछैन । सरकारले २ माघमा एफएम रेडियो तथा टेलिभिजन प्रशारणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६लाई प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतका अनुसार २ माघमा दर्ता भएको विधेयक मंगलबार मात्रै पाँच दिन पुग्नेछ ।

यसैबीच, झन्डै ६ महिनापछि सञ्चालन हुन लागेको प्रदेशसभाको हिउँदे अधिवेशनमा सरकारलाई घेर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी दल रहेको छ । सोमबारदेखि सुरु हुन लागेको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी दलले भ्रष्टाचारका मुद्दामा सरकारलाई घेर्ने रणनीति बनाएको हो । सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयले विभिन्न खरिद प्रक्रियामा गरेको आर्थिक अनियमिततालाई प्रमुखताका साथ सभा बैठकमा मुद्दा बनाउने संकेत दिएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले पछिल्लो पटक सञ्चारमाध्यममा आएका समाजिक विकास मन्त्रालयको एम्बुलेन्स खरिद, विभिन्न जिल्लामा भएका स्वास्थ्य शिविरका नाममा भएको अनियमितता र सोही मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयका औषधी तथा उपकरण खरिदलगायत अन्य मन्त्रालयका अनियमितताबारे सशक्त रूपमा आवाज उठाउने र सरकारको जवाफ मागिने बताए । राजधानी दैनिकबाट