१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्दै तीन पार्टी

राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्दै तीन पार्टी
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि तीन पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल संघीय समाजवादी पार्टीबीच सहकार्य गर्ने सहमति आइतबार भएको छ । ९ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ मा रिक्त चार सिटमा तीन पार्टीबीच सहकार्य गर्ने सहमति भएको हो ।

यसअघि नै नेकपा र राजपाबीच दुई–दुई सिट बाँडफाँट गर्दै एकअर्कालाई सहयोग गर्ने सहमति भइसकेको छ । प्रदेश २ मा नेकपाबाट तुलसाकुमारी दाहाल र राधेश्याम पासवान तथा राजपाबाट मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंह उम्मेदवार छन् । तीन पार्टीबीच भएको सहमतिपत्रमा चार उम्मेदवारको पक्षमा मतदान गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा नेकपा महासचिव विष्णुप्रसाद पौडेल, राजपा संसदीय दलका नेता महन्थ ठाकुर र समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले हस्ताक्षर गरेका छन् । प्रदेश २ मा रिक्त चार सिटका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी पार्टीबीच एकअर्कालाई सहयोग गर्ने सहकार्य भएको छ । राजधानी दैनिकबाट