९ असार २०८३, मंगलवार
,
Latest
आज एमाले संसदीय दल र सचिवालय बैठक बस्दै पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको छ, अनावश्यक सञ्चय नगर्नुस्ः आयल निगम



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको जनाएको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले एक तथ्यांक सार्वजनिक गर्दै ग्यास आपूर्ति मागभन्दा बढी भइरहेकोले अनावश्यक सञ्चय नगर्न अनुरोध गरेका हुन् ।

कार्यकारी निर्देशक भट्टका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग रहेकोमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट उक्त परिमाणभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको जानकारी दिए ।

गत शनिबार १ सय १८ बुलेट अर्थात् १ लाख ४९ हजार ५ सय सिलिन्डर ग्यास लोडिङ भएको उनको भनाइ छ । त्यसैगरी सोमबार १ सय १५ बुलेट अर्थात् १ लाख ४५ हजार ७ सय सिलिन्डर र मंगलबार १ सय ३२ बुलेट अर्थात् १ लाख ६७ हजार ३ सय सिलिन्डर ग्यास लोडिङ भएको उनले बताए ।

लोडिङ भएका यी बुलेटमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमै रहेको र आगामी चुनाव अवधिभरि पनि नियमित रुपमा ग्यास आपूर्ति भइरहने उनले बताए ।

पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यास अभाव भन्दै फैलिएको हल्ला फैलिएपछि उपभोक्ताहरु ग्यास भर्न लामो लाइन लागेर बस्न थालेका छन् ।