१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्की नेतृत्वको अन्तरिम सरकारले चीनविरोधीलाई संरक्षण गरिरहेको एमालेको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चीन विरोधीहरुलाई संरक्षण र सम्मान गरिरहेको आरोप पनि लगाउनुभएको छ ।

उहाँले दलाई लामाका प्रतिनिधि नेपाल आउँदा विमानस्थलदेखि नै राजकीय सम्मानसहित स्वागत गरिएको बताउनुभएको हो ।

वर्तमान सरकारले चीनविरोधी गतिविधिलाई संरक्षण गरिरहेको उहाँको आरोप छ । २३ र २४ भदौमा भएको ‘जेन–जी विद्रोह’ कुनै क्रान्ति नभई प्रायोजित प्रतिगमन र प्रतिक्रान्ति भएको दाबी गर्नुभयो । बुधवार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले उक्त घटनालाई असंवैधानिक कदमको संज्ञा दिनुभयो । उहाँले विद्रोहको नाममा भएका गतिविधिहरु क्रान्तिको आवरणमा गरिएको प्रतिक्रान्ति तथा मुलुकमा अस्थिरता सिर्जना गर्ने षड्यन्त्र भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो घट्ना (२३ र २४ भदौको जेनजी विद्रोह) प्रायोजित थियो । त्यो कुनै क्रान्ती थिएन । जेनजीको आवरण गरिएको त्यो कुनै क्रान्ती थिएन । त्यो वास्तवमा प्रतिगमन र  प्रतिक्रान्ती थियो । त्यो एकदमै ठुलो असंवैधानिक कदम थियो । एउटा अनलाईमा एउटा बुद्धिजिविको एउटा लेख आएको छ । त्यसमा उनीहरुले नेपाल सरकारलाई चेतावनी दिएका छन् । दलाई लामाको प्रतिनिधि नेपाल आएका थिए । उनलाई  विमानस्थलदेखि नै राजकीय सम्मानसहित नेपाल ल्याइएको  थियो । यो सरकारले चीन विरोधीहरुलाई संरक्षण दिइरहेको छ । यसले गर्दा चीनले सरकारलाई दुई वटा विकल्प दिएको छ । या त चीनको विरोधीलाई नेपालबाट निकाला गर्नुपर्यो नभए यसबाट उत्पन्न हुने परिणाम भोग्नको लागि तयार हुनुपर्यो भनेको छ ।’

थापाकाअनुसार चीनले नेपाल सरकारलाई चीनविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई नेपालबाट निष्कासन गर्न चेतावनी दिएको छ ।