९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

संसद पुनःस्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैनः महेश बस्नेत

संसद पुनःस्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैनः महेश बस्नेत
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदालतले जिम्मेवारीबाट पन्छिन नपाउने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले आफ्नो फैसला तत्काल दिनुपर्ने बताउनुभएको हो ।

उहाँले अदालत डराएर न्यायिक प्रक्रियामा ढिलाई भईरहेको उल्लेख गर्नुभयो । बस्नेतले न्यायिक प्रक्रिया कसैको डर, दबाब, लोभ–प्रलोभन तथा हस्तक्षेपमा पर्न नहुने बताउनु भयो । महाभियोगको डर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका कारण न्यायाधीशहरू निर्णयबाट पन्छिएको अवस्था देखिएको उहाँको दाबी छ ।

उहाँले प्रधानन्यायाधीश लगायत न्यायाधीशहरू रोग लागेको बहानामा अनुपस्थित हुने, फोन अफ गर्ने र निर्णयबाट पन्छिने प्रवृत्ति देखिएको बताउनु भयो । यसवाट देश ठूलो वैदेशिक आक्रमणको अवस्थामा रहेको अनुभुति भएको उहाँको भनाई छ । उहाँले सर्वोच्च, उच्च र जिल्ला अदालतसँगै समग्र न्यायिक प्रणाली नै जलिरहेको अनुभुति भएको बताउनु भयो । बस्नेतका अनुसार संसद पुनस्र्थापनाको विषयमा सर्वोच्च अदालतले स्पष्ट निर्णय गर्न ढिलाइ गर्दा मुलुक अन्योलमा परेको छ ।

उहाँले भन्नुभयो, ‘न्यायिक पक्रिया आतंकित भएर, डराएर र लोभ प्रभोलनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने भोली महाभियोग पर्ला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय सामु डराउने, पन्छिने देखिएको छ । त्यो प्रवृत्ति संसद पुनःस्थापनाको न्यायिक निरुपनको विषय अल्झिएको छ । आज पनि पेसी चढ्छ भनेर हामीले अपेक्षा गरेको पनि तारिकमा स¥यो । प्रधानन्यायाधीश लगायतका न्यायधीहरुहरु लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ । यसबाट के बुझिन्छ भने हामी निकै ठुलो वैदेशिक आक्रमणमा छौँ । हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै जलेका होईनन्, हाम्रो न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ । संसद पुनस्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन । यसको निरुपण तत्कालै गर्नुपर्छ । संसद पुनस्थापना हुने हो भने निर्वाचनको नाममा भईरहेको यो सारा गतिविधि र खर्चहरु अनावश्यक हुन्छ र नहुने हो भने ढुक्कसंग निर्वाचनमा जाने हो ।’ 

उहाँले वर्तमान सरकारले निर्वाचन स्वच्छ ढंगले गर्न नसक्ने पनि आरोप लगाउनु भयो । उहाँले कुनै अमुक दललाई जिताउनको लागी सरकार दुई चरणमा निर्वाचन गर्ने लगायतका गतिविधि गर्न लागेको आरोप लगाउनु भयो । उहाँले झापा क्षेत्र नम्बर ५ मा प्रहरीले नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई भोट मागिरहेको बताउनु भयो ।

तस्बिर: चन्द्रकला क्षेत्री /रासस