९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी ३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी ३ मा ४१ उम्मेदवार चुनावी मैदानमा
अ अ+ अ-

जलेश्वर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं ३ मा ४१ उम्मेदवारबीच  प्रतिस्पर्धा हुने भएको छ ।

यहाँ दुई पूर्वमन्त्री, दुई बागी उम्मेदवार र जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरका छोरीसहित जेनजी आन्दोलनपश्चात् परिवर्तको नारा बोकेर आएका राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका युवा उम्मेदवारहरुसहित जम्मा ४१ जना चुनावी मैदानमा उत्रेका हुन् ।

यसअघि २०७५ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा लगातार दुईपटक यस क्षेत्रबाट निर्वाचित तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले छोरी मिनाक्षीलाई चुनावी मैदानमा उतार्नुभएको हो ।

मिनाक्षीले घरदैलो अभियानलाई सक्रियताका साथ अगाडि बढाउनुभएको छ । त्यसैगरी यसअघिको चुनावमा ठाकुरका निकटतम प्रतिद्वन्द्वी पूर्वकृषिमन्त्री हरिनारायण यादवले जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । उहाँले पनि घरदैलो अभियान सञ्चालन गरिरहनुभएको छ ।

अघिल्लो निर्वाचनकै अर्का स्वतन्त्र उम्मेदवार रामआधार कापरले यसवर्ष पुनः स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यसैबीच यसअघिको निर्वाचनमा तत्कालीन लोसपा र महन्थ ठाकुरलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिनुभएका नेपाली कांग्रेसले यसपालि उम्मेदवार खडा गरेको छ । कांग्रेसले यस क्षेत्रबाट बजरङ्ग नेपालीलाई चुनावी मैदानमा उतारेको हो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोजकुमार सिंह, नेपाल सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उज्ज्वलकुमार झा, उज्यालो नेपाल पार्टीका नेता रञ्जितकुमार साहलगायत तीन दर्जन बढी उम्मेदवारहरु पनि यसै क्षेत्रबाट चुनावी मैदानमा छन् ।