१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

झण्डै सात हजार प्रहरीले दिए राजिनामा, पेसाप्रति छैनन् खुसी

झण्डै सात हजार प्रहरीले दिए राजिनामा, पेसाप्रति छैनन् खुसी
अ अ+ अ-

काठमााडौं । नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजीं)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सात जनाले राजीनामा दिने गरेको पाइएको हो । पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ । कतिपयले भने विदेश जानेकै लागि राजीनामा दिने गरेका छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी), २ प्रहरी नायब उपरीक्षक (डीएसपी), ८ प्रहरी निरीक्षक (इन्स्पेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन् । आर्थिक वर्ष २०७५/७६ मा ३ प्रहरी उपरीक्षक ९एसपी०, ६ डीएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन् ।

यसैगरी, चालू आवको ९ पुससम्म १ हजार २ सय ९ जनाले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा २ डीएसपी, ६ इन्स्पेक्टर, ८१ सई, १८९ असई, ७४२ हवलदार, १६० जवान र २९ जना प्रकास छन् । प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै असन्तुष्ट डीआईजी रमेश खरेलले राजीनामा दिएका थिए । खरेलले महानिरीक्षकमा इच्छा देखाउँदै आए पनि खनाल महानिरीक्षकमा नियुक्त भएपछि योग्यताको कदर नभएको भन्दै राजीनामा दिएका थिए । त्यसअघि डीआईजी नवराज सिलवालले सरकारले प्रकाश अर्याललाई महानिरीक्षक बनाएपछि अवधि बाँकी रहँदै जागिर छाडेका थिए ।

सिलवालले महानिरीक्षकका लागि आफू पहिलो दाबेदार भएको भन्दै त्यसबखत असन्तुष्टि देखाउँदै राजीनामा दिएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बाट प्रतिनिधिसभा सदस्य बनेका छन् । २०७४/७५ मै प्राविधिक तर्फकी डीआईजी शिला कंसकार कार्कीले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी थिइन् । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले भने समग्रतामा राजीनामाको क्रम नबढे पनि केही वर्षको तथ्यांकले त्यस्तो देखाएको बताए । उनले भने, ‘राम्रो अवसर आउँदा मानिसले जुनै पेसा पनि परिवर्तन गर्छ, यहाँ पनि त्यस्तै भएको हुन सक्छ । तर त्यस्तो राजीनामाको क्रम बढेको नै भने होइन,’ प्रहरी प्रवक्ता क्षत्रीले भने ।
त्यस्तै, राजीनामा धेरैले घरायसी कारण उल्लेख गरेका छन् ।

जागिर छाड्नेमा सबैभन्दा बढी प्रहरी हवलदार छन् । विगत साढे दुई वर्षको अवधिमा ४ हजार ६२६ जनाले राजीनामा दिएका छन् । अर्कातर्फ प्रहरीभित्र वरिष्ठ प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मूल्यांकनलगायत कारणले कनिष्ठ प्रहरीहरूले राजीनामा दिने गरेको पाइएको छ । यस्तै, १८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाका प्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन् । उनीहरू राजीनामा दिएर अन्य पेसामा जाने गरेका छन् ।

प्रहरीले संगठन छाड्ने क्रम रोक्न आन्तरिक सर्कुलर नै जारी गरेको थियो । तर, समस्या पहिचान गरी संगठनमै रहेर काम गर्ने वातावरण बनाउन नसकिएको प्रहरीका उच्च तहका अधिकारीले बताउँदै आएका छन् । प्रहरी नेतृत्वसहित राजनीतिक नेतृत्वले समेत यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । राजधानी दैनिकबाट