९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पर्वतका झन्डै आधा मतदानस्थल अतिसंवेदनशील

पर्वतका झन्डै आधा मतदानस्थल अतिसंवेदनशील
अ अ+ अ-

पर्वत । प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । राजनीतिक दलहरु र उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन् ।

निर्वाचन आयोग र सरकार चुनावको सघन तयारीमा छ । मतदानको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई हेरी मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा प्रबन्धको तयारी भएको छ । पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । ७६ मतदानस्थलमध्ये ३५ लाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षा व्यवस्था गरिने बताउनुभयो । मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको हो । उहाँका अनुसार प्रदेशभरिमा ३२८ मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेकामा पर्वतमा ३५ वटा परेका हुन् ।

चुनावमा जोखिम मूल्याङ्कनका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना परिचालन गर्ने गरिएको छ । जेलबाट भागेका कैदीबन्दी, फिर्ता नआएका हतियार, विकट भौगोलिक अवस्था, चुनावमा हुनसक्ने विवाद, दहरुबीच हुनसक्ने झगडा र विगतका अवस्थालाई मूल्याङ्कन गरी मुख्य चुनौती मान्ने गरिएको छ ।

यहाँ निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । म्यादी प्रहरीलाई तालिम र कर्मचारी तथा शिक्षकबाट निर्वाचनमा खटिने जनशक्ति तयारीमा लागेको उहाँले बताउनुभयो ।

आगामी निर्वाचनका लागि पर्वतमा १३ राजनीतिक दलबाट १३ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । त्यसमध्ये शीर्ष चार दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य प्रतिस्पर्धि दल हुन् । सबै राजनीतिक दलहरुले गाउँ केन्द्रित चुनावी अभियानलाई अघि बढाएका छन् ।

आगामी निर्वाचनका लागि यहाँ एक लाख २५ हजार ४६६ मतदाता, ७६ मतदानस्थल र १५१ मतदान केन्द्र रहेका छन् ।