९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रतिनिधिसभा निर्वाचनः झापा १ मा मतदाता फकाउँदै दलहरु

प्रतिनिधिसभा निर्वाचनः झापा १ मा मतदाता फकाउँदै दलहरु
अ अ+ अ-

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नं १ मा चुनावी सरगर्मी बढेको छ । यहाँका प्रमुख राजनीतिक दलहरू यतिबेला भुइँतहसम्म सङ्गठन चलायमान तुल्याउँदै मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् ।

यसअघिको निर्वाचनमा यहाँ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वकानुनमन्त्री अग्नि खरेललाई पराजित गर्नुभएको थियो । यस क्षेत्रमा यसपटक १३ राजनीतिक दल र दुई जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिनुभएको छ ।

नेपाली कांग्रेसले यसपटक जिल्ला उपसभापति केशवराज पाण्डेलाई चुनावी मैदानमा उतारेको छ । कांग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आगामी फागुन ४ गतेदेखि मात्रै औपचारिक प्रचारप्रसारका कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो ।

अहिले पार्टीको आन्तरिक सङ्गठनलाई चुस्त र व्यवस्थित बनाउँदै वडा तहसम्म प्रचार कार्यालय खोल्ने तयारीमा जुटिरहेको उल्लेख गर्दै उहाँले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीसँगै देश बदल्ने धारणा र योजना बोकेको कारण पार्टीप्रति मतदाताकोे आकर्षण बढिरहेको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय बौद्धिक व्यक्तित्व रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ । एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीका अनुसार पार्टीले अहिले वडास्तरीय अगुवा कार्यकर्ता भेला र निर्वाचन परिचालन समिति निर्माणलाई तीव्रता दिएको छ । गाउँ–बस्तीमा विकास र समृद्धिको अभियानमा एमाले नै चाहिन्छ भन्ने जनताको बुझाइ रहेको उहाँले दाबी गर्नुभयो । कार्कीले युवा, विद्यार्थी, महिला र मजदुरका सुझावका आधारमा चुनावी अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मेचीनगर अध्यक्ष राजन चिमरियाले अहिलेको चुनावलाई जनतामाथि थपिएको ऋणको भारका रूपमा मतदाताले व्याख्या गर्ने गरेको बताउनुभयो । उहाँले सुशासन कायम गर्ने प्रतिबद्धतासहित पार्टीले युवा उम्मेदवार अशेष घिमिरेलाई चुनावमा उम्मेदवार बनाएको बताउनुभयो ।

हाल जनताका समस्या बुझ्ने र राजनीतिक परिस्थितिबारे बुझाउने काममा पार्टीका नेता–कार्यकर्ता व्यस्त रहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले यस क्षेत्रमा पूर्वसांसद निशा डाँगीलाई उम्मेदवार बनाएको छ । रास्वपा नेता ऋषि तिम्सिनाका अनुसार पार्टीले अहिले वडा–वडाबाट सुझाव सङ्कलन गरी ‘वाचा पत्र’ तयार पार्ने काम गरिरहेको जानकारी दिनुभयो ।

मतदाताले पुराना दलहरूबाट भ्रष्टाचार नियन्त्रण हुन नसकेको गुनासो गरिरहेकाले भ्रष्टाचार उन्मूलन र सुशासनलाई नै रास्वपाले मुख्य चुनावी ‘एजेन्डा’ बनाएको उहाँको भनाइ छ । अरू दलभन्दा फरक भएको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र स्थापना र सङ्घीयता खारेजीको मुद्दा बोकेर घरदैलो सुरु गरेको जनाएको छ ।

राप्रपा केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले ठूला दलप्रति जनताको वितृष्णा बढ्दो रहेकाले राप्रपालाई जनताले विकल्पका रूपमा हेरेको दाबी गर्नुभयो । निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल एक लाख ३१ हजार ६७ मतदाता रहेका छन् । त्ससमा ६५ हजार ८५८ पुरुष र ६५ हजार २९ महिला छन् । यसपटक थपिएका १० हजार ६९२ नयाँ मतदातालाई सबै दलले निर्णायक शक्तिका रूपमा हेरेका छन् ।

झापा निर्वाचन क्षेत्र नं १ मा मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नं गरी चार वडा र भद्रपुर नगरपालिकाको ९ र १० गरी दुई वडा समेटिएको छ । यहाँ ४३ मतदानस्थल र १४५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेदवारले औपचारिक रूपमा भोट माग्नका लागि निर्वाचन आयोगले तोकिदिएको समय आउन अझै केही दिन बाँकी छ । तथापि दल तथा उम्मेदवार भित्री रूपमा मतदाता रिझाउने र सङ्गठन बलियो बनाउने काममा व्यस्त देखिन्छन् ।