१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कक्षा ११ र १२ मा गणित विषयलाई पाठ्यक्रमबाटै हटाउन यस्तो प्रयास

कक्षा ११ र १२ मा गणित विषयलाई पाठ्यक्रमबाटै हटाउन यस्तो प्रयास
अ अ+ अ-

काठमाडौं । विज्ञान र प्रविधिको मेरुदण्ड मानिएको गणित विषयलाई पाठ्यक्रमको प्रारूपबाटै हटाउने गृहकार्य भइरहेको छ । कक्षा ११ र १२ मा विद्यार्थीले गणित विषय रोज्न चाहे पनि पढ्न नपाउने गरी प्रारूप तयार गरिएको छ । नेपाल गणित समाजका अनुसार हाल देशभर ७० हजार बढी विद्यार्थीले विभिन्न संकायबाट गणित अध्ययन गर्दै आएका छन् । समाजका अनुसार प्रारूपमा विज्ञान संकायका विद्यार्थीले ११ कक्षामा अंग्रेजी अनिवार्य र चार ऐच्छिक गरी पाँच विषय अध्ययन गर्दै आएका छन् । यस्तै, १२ कक्षामा अंग्रेजी, अनिवार्य नेपाली र तीन ऐच्छिक गरी पाँच विषय पढ्दै आएका छन् ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय समावेश नगरिएकामा विज्ञहरूले विरोध गर्दै आएका छन् । हाल केन्द्रले बनाएको प्रारूप लागू भए ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र तीन ऐच्छिक गरी ६ विषय पठनपाठन हुने गणित शिक्षक समाजले जनाएको छ । यस्तै, १२ कक्षामा अंग्रेजी, नेपाली, जीवनोपयोगी र तीन ऐच्छिक गरी ६ विषय अध्यापन गराइने बताइएको छ । पाँचबाट ६ विषय बनाइए पनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारिएको नेपाल गणित समाजका सहसचिव तथा केन्द्रीय गणित विभागका उपप्राध्यापक डा. जीवन काफ्लेले बताए ।

उनले भने, ‘११ र १२ दुवैमा तीन–तीन वटा अनिवार्य विषय राखेर रुचिकर विषय पढ्नबाट विद्यार्थीलाई वञ्चित गरिएको देखिन्छ । यसबाट विद्यार्थीको गणित पढ्ने स्वतन्त्रता हनन हुनेछ ।’ त्रिभुवन विश्वविद्यालय, गणित केन्द्रीय विभागका प्रमुख टंकनाथ धमला विज्ञान पढ्ने विद्यार्थीका लागि गणित नभई नहुने बताउँछन् । उनले भने, ‘गणितलाई जीवनको साथी बनाउन आवश्यक छ । गणितबाट टाढा कोही पनि भाग्नुहुँदैन । केमिस्ट्री, फिजिक्स, बायोलोजी, कम्प्युटर, इन्जिनियरिङ, व्यवस्थापन, अर्थशास्त्रलगायत कैयौं विषयको गणितसँग अन्तरसम्बन्ध छ, गणित नै कमजोर भएपछि स्वतः ती विषयमा विद्यार्थी कमजोर हुन्छन् ।’

गणित प्राध्यापकका अनुसार केन्द्रले ल्याउने प्रारूपमा बायोलोजी, फिजिक्स र केमेस्ट्री पढ्ने विद्यार्थीले चाहेर पनि गणित विषय पढ्न पाउनेछैनन् । तर, ननक्रेडिटमा सातौं विषयका रूपमा पढ्न पाउनेछन् । विद्यार्थीको कम रुचि भएका विषय ११ र १२ कक्षामा अनिवार्य गरिएको भन्दै धेरैको रुचि र विज्ञान तथा प्रविधिको जगलाई ननक्रेडिटमा पढ्न बाध्य बनाउने गरी प्रारूप तयार पारिएको गणित शिक्षकको भनाइ छ । अध्ययनपछि जागिरका लागि विभिन्न पदमा परीक्षा दिँदा गणित र बौद्धिक परीक्षण समावेश गरिन्छ ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन सस्ंथान आईओईमा प्रवेश परीक्षामा गणितको भार ४० बाट बढाएर ५० बनाइएको छ । पाठ्यक्रम विकास केन्द्रले भने गणित विषयलाई प्रारूपबाट नहटाएको बताएको छ । केन्द्रका एक अधिकारीले भने, ‘हामीले पाठ्यक्रमको प्रारूपबाट गणित हटाएका छैनौं । हटाइएको विषय सत्य होइन ।’ केन्द्रका महानिर्देशक लेखनाथ पौडेल प्रारूपमा गणित नसमेटिएको विषयमा बोल्न चाहेनन् । उनले आफूलाई यसबारे जानकारी नभएको भन्दै हटाउन लागेको भन्नेहरूलाई नै सोध्नू भन्ने जवाफ दिए । राजधानी दैनिकबाट