१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

केन्द्र र स्थानीय तहको गम्भीर लापरवाही, १ सय जना अधिकृत अलपत्र

केन्द्र र स्थानीय तहको गम्भीर लापरवाही, १ सय जना अधिकृत अलपत्र
अ अ+ अ-

काठमाडौं। केन्द्रीय सरकार र स्थानीय तहको लापर्वाहीका कारण लोकसेवा आयोगबाट सिफारिस भएका १ सय जना अधिकृत अलपत्र परेका छन् । उनीहरूले तलबसमेत खान पाएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अधिकृत माग गरेर पठाएका स्थानीय तहको गम्भीर लापर्वाही र त्रुटिका कारण उनीहरू जिम्मेवारी र पदविहीन अवस्थामा पुगेका हुन् । लोकसेवामा माग गरिएको पदलाई मन्त्रालय र स्थानीय तहले सुरक्षित राख्नुपर्नेमा त्यसअगावै अन्य कर्मचारीलाई समायोजन गरिँदा समस्या आएको हो ।

स्थानीय तह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मागका आधारमा लोकसेवा आयोगले देशभरका स्थानीय तहमा अधिकृत छैटौं तहका लागि झन्डै दुई हजारलाई छनोट गरेको थियो । छनोट भएकामध्ये सय अधिकृतको दरबन्दी यसअघि नै कव्जामा परेकाले उनीहरू अलपत्र परेका हुन् । लोकसेवा आयोगबाट सिफारिस भए पनि स्थानीय तहले पद नभएको भन्दै उनीहरूलाई केन्द्रमै फिर्ता गरिदिएको छ । केन्द्रमा पनि उनीहरूका लागि कुनै पद छैन । परीक्षा दिएर अधिकृतमा उत्तीर्ण भए पनि जिम्मेवारी र पद नपाउँदा उनीहरू त्यसै भौंतारिरहन बाध्य छन् ।

पीडित अधिकृतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्दा स्थानीय तहमा दरबन्दीभन्दा बढी कर्मचारी पठाउदा नयाँ अधिकृतले ठाउँ नपाएका हुन् । यसैगरी, मन्त्रालयले लोकसेवा आयोगमा अधिकृतको माग गरेर पठाएको तर आयोगबाट भर्ना प्रक्रिया सम्पन्न भएर कर्मचारी आउनुअगावै सो पदमा अन्य कर्मचारी पठाउँदा पनि समस्या भएको हो । स्थानीय तहले पनि कर्मचारी माग गरेर पठाएको तर सोर्सफोर्सका आधारमा सो पदमा अर्कै कर्मचारी राखिदिने र दरबन्दी हुँदा हुँदै पनि समायोजन गरेर पठाइएका कर्मचारीलाई हाजिर नगराएकाले समस्या सिर्जना भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार विगतमा मन्त्रालय र स्थानीय तहले लोकसेवामा माग गरेर पठाइएका पदको व्यवस्थित तथ्यांक र विवरणसमेत हाल मन्त्रालयमा छैन । त्यस्तो विवरण नहुँदा कुन पदमा कति माग गरिएको भन्ने यथार्थ विवरणमा समेत अन्योल छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने अधिकृत फिर्ता गराएका स्थानीय तहलाई पत्र लेख्दै हाल उनीहरूलाई नियुक्ति दिन र हाजिर गराई कामकाज गराउन भनेको छ तर स्थानीय तहले मानेका छैनन् ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले केही समय अलपत्र परे पनि सबै अधिकृतको व्यवस्थापन गरिने जानकारी दिए । सबै स्थानीय तहसँग दरबन्दी र कर्मचारी विवरण माग गरिएको बताउँदै सहसचिव अधिकारीले दरबन्दीअनुसार कर्मचारी नभएका स्थानीय तहमै ती कर्मचारीलाई पठाइने तयारी गरिएको जानकारी दिए । राजधानी दैनिकबाट